दंगिशरणमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु


दिप्तीशीखा चौधरी
दङ्गीशरण गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको आरम्भ गरिएको छ । गाउँपालिकाले ७ वटै वडाबाट सिफारिस भई आएका आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्राप्त अनुदान खर्च गर्नेगरी आयोजना छनौट गरेको छ । यस आर्थिक वर्षमा गाउँपालिकाले एक सय ९१ जनालाई रोजगारी दिन लागेको दङ्गीशरण गाउँपालिकाका रोजगार संयोजक सन्तोष गिरीले जानकारी दिए । कार्यक्रमका अवसरमा काममा जाने श्रमिकहरुका लागि हेल्मेट, पञ्जा, मास्क, टिसर्ट लगायतका पोशाकहरु समेत हस्तान्तरण गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भागीराम चौधरीले अब हरेक जनताको घरमा रोजगारको लागि अवसर आउने बताए । बेरोजगार फाराम भरेका हरेक नागरिकलाई अबका दिनमा रोजगारीको लागि प्राथमिकताका आधारमा अवर दिइने बताउँदै उनले भनेको बेला काममा नआउने श्रमिकहरुलाई बेरोजगारको सूचीबाट हटाइने बताए । जनताको प्रत्यक्ष सहभागितामा हुन लागेको कार्यक्रम गुणस्तरीय हुनुपर्ने धारणा राख्दै अध्यक्ष चौधरीले मिहिनेतका साथ काममा लाग्न काममा खटिएका श्रमिकहरुलाई आग्रह गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले प्रधानमन्त्री रोजगार कार्यक्रममा महिलाको सहभागीता उल्लेख्य भएको भन्दै महिलाले कमाएको रकम परिवारकै हितमा खर्च हुने बताए । महिलाहरु व्यावहारिक एवं काममा प्रतिबद्ध हुने भन्दै उपाध्यक्ष खड्काले प्रधानमन्त्री रोजगार कार्यक्रमले जनताको गरिबी कम गर्नमा मद्दत पुग्ने धारणा राखे ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । भने कार्यक्रमको सहजीकरण रोजगार संयोजक सन्तोष गिरीले गरे । रोजगार संयोजक सन्तोष गिरीका अनुशार दङ्गीशरण गाउँपालिकाका ७ वटा वडाबाट तीन हजार आठ सय ६२ जनाले बेरोजगारको फाराम भरेका थिए । गाउँपालिकाले सडक, सार्वजनिक भवन निर्माण तथा मर्मत, योग साधना भवन निर्माण, पार्क निर्माण लगायतका योजना छनौट गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालनका लागि यस आर्थिक वर्षमा दङ्गीशरण गाउँपालिकामा १८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *