धर्नामा निशुल्क स्वास्थ्य एवम आँखा शिविर


घोराही| नेचर केयर सामुदायिक अस्पताल घोराही दाङको आयोजना एवम घोराही उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा घोराही उ.म.न.पा.वडा न.५ धर्नामा एक दिने निशुल्क स्वास्थ्य शिविर तथा निशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


शिविर उद्घाटन कार्यक्रम नेचर केयर सामुदायिक अस्पताल घोराहीका संयोजक मेनका पोख्रेलको अध्यक्षता तथा वडा न ५ का वडा अध्यक्ष विष्णु दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


कार्यक्रममा प्रादेशिक आर्युवेद चिकित्सालय बिजौरीका निर्देशक डा.रामकामेश्वर ठाकुर, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, डा. शारदा गौतम, राप्ती आँखा अस्पताल तुलसीपुरका सङिता गौतम, विवेक बुढाथोकी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेचर केयर सामुदायिक अस्पताल घोराहीका संयोजक मेनका पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अस्पतालका संचालक समिति सदस्य गोपाल नेपालीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


शिविरमा ३४० जनाको निशुल्क स्वास्थ्य जाँच गरि निशुल्क औषधी वितरण गरिएको थियो भने २०० जनाको आँखा जाँच गरिएको थियोे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *