बाल बिबाह न्युनिकरण गर्न चुनाैति थपिएको छ – मेयर पाण्डे

शरद रेग्मी

Blog Post Ad

दाङ माघ ५ | तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले वालविवाह न्यूनिकरण चुनौतिपूर्ण भएको बताउनुभएको छ । एन प्याब्सन दाङले शुरु गरेको दुई दिवसीय बृहत खेलकुद प्रतियोगीताको उद्घाटन कार्यक्रममा नगरप्रमुख पाण्डेले सानै उमेरमा प्रेम गर्ने र बिहेको अन्तीम निर्णय गर्दा वालविवाहलाई न्यूनिकरण गर्न चुनौति भई रहेको बताउनुभयो ।

Blog Post Ad

बिहेवारी बिस वर्ष पारि भन्ने शब्दलाई भुल्न नहुने उहाले जोड दिनुभयो । पढाईलाई मुख्य लक्ष्य बनाएर अन्य बिषयलाई बिद्यालय उमेरमा प्राथमिकतामा नराख्न उहाले आग्रह पनि गर्नुभएको छ । खेलुकद प्रसङलाई जोड दिनुहुदै मेयर पाण्डेले दाङलाई खेलकुदको केन्द्र बनाई जिल्लाको पहिचान बनाउन सबै जुट्नु पर्नेमा जोड दिनुभयो ।

जिल्ला अध्यक्ष भीमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एन प्याब्सन प्रदेश नम्बर ५ का अध्यक्ष सुबोध कुमार डाँगी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेत,ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाही, एन प्याब्सनका केन्द्रिय सदस्यहरु प्रकासकुमार शर्मा र प्रेम नेपाली,रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष बिमल गौतम र सजिकरण सचिब ठाकुर डिसीले गर्नुभएको थियो । प्रतियोगीतमा जिल्लाका तीन दर्जन बिद्यालयले भाग लिएका छन् ।

जसमा नृत्य,फुटसल,गणीत दौड,एक सय र दुई सय मिटर छात्र छात्रा दौड प्रतियोगिता हुदै छन् । नृत्य प्रतियोगितामा उत्कृष्ठ बिद्यालयलाई नगद पुरुस्कार र प्रमाण पत्र बितरण गरिने छ । भने अन्य प्रतियोगिताका बिजयी बिद्यालयलाई ट्रफि,मेडल,प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगीता भोली शनिवार समापन गरिने एन प्याब्सन दाङले जनाएको छ । यसैबिच अरणिकाे मैदानमा भैरहेको बृहत खेलकुद प्रतियाेगिताकाे भब्य समारोहबीच अाईतबार बिहान ११ बजे समापन गरिदै छ ।

राष्ट्रिय सभा सदस्य एव बरिस्ठ गायिका काेमल वलीकाे प्रमुख अातित्थ्यतामा हुने समापन तथा पुरुस्कार बितरण कार्यक्रम तय गरिएको जिल्ला अध्यक्ष भिमबहादुर बुढाथोकीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *