विकट बस्तीमा सडकको ट्रयाक

 

 

Blog Post Ad

Blog Post Ad

तुलसीपुर, मंसिर  । तुलसीपुर उपमहानगरपालिकाले विकट वडाहरुमा बाटोको ट्रयाक खोल्ने कामलाई पछिल्लो समय तिव्रताका साथमा निरन्तरता दिइरहेको छ । विकास निर्माणका गाडीहरु खरीद गरेर उपमहानगरपालिकाले विकटका वडामा बाटो पुर्याउनुका साथै साँघुरो बाटोलाई पनि फराकिलो पारिरहेको छ ।

यस आर्थिक वर्षमा उपमहानगरपालिकाले विकट वडाहरु १, ३, ४ र १३ का विभिन्न गाउँहरुमा बाटो पुर्याउने काम गरिरहेको नगरप्रमुख घनश्याम पाण्डेले वताउनुभयो । “दुई वर्ष भित्रमा उपमहानगरमा वाटो नपुगेको ठाउँ हुँदैन” पाण्डेले भन्नुभयो ।

उपमहानगरपालिकाको विकट वडाका रुपमा रहेको वडा नम्वर ४ का विभिन्न विकट ठाउँमा वाटो पुर्याउनुका साथै बाटो ग्राभेल र फराकिलो वनाउने काम गरेको वडाध्यक्ष वालकृष्ण पुनले जानकारी दिनुभयो । “पर्यटकीयस्थल चमेरे गुफा र मुलकोटसम्म बाटो पुर्याउने काममा हामी सफल भयौ” पुनले भन्नुभयो । यसका साथै वर्षातको समयमा बाढी पहिरोले वन्द गराएको बाटो खुलाउने काममा पनि उपमहानगरपालिकाका गाडीले काम गरेको वडाध्यक्ष रानाले वताउनुभयो ।

रानाले लामिदमार, तुषारे खोला, वेत्रावती, खाद्रे स्कुल लगायतका विभिन्न ठाउँमा करिव ८ किलोमिटरसम्मको बाटोमा नयाँ ट्रयाक खोल्ने, ग्राभेल गर्ने काम भएको वताउनुभयो । उहाले बाटो १२ मिटरसम्म फराकिलो भएको पनि वताउनुभयो ।

त्यस्तै उपमहानगरका गाडीहरुले वडा नम्वर १२ मा अहिले बाटो फराकिलो पारिरहेका छन् । वडाध्यक्ष सुर्यवहादुर डाँगीले १ किलोमिटरको हरिपौरी र गुहारखोला हुँदै धमकापुरसम्म जाने बाटो निर्माण गरिरहेको वताउनुभयो । “दुईवटा वडा जोड्ने सडकको चौडाई अनिवार्य रुपमा १२ मिटर रहेको छ ” उहाले भन्नुभयो । डाँगीले पुरै वडालाई सडक सञ्जालले जोडेको पनि वताउनुभयो । “उपमहानगरपालिकाले गाडी ल्याएर वडामा वाटो निर्माण गर्न सजिलो भएको थियो ”

यता वडा नम्वर १३ का वडाध्यक्ष डम्वर वहादुर न्यौपानेलाई पुरै वडामा वाटो लैजाने विश्वास वढेको छ । “हामीले वाटो पुर्याउन सक्दैनौ जस्तो लागेको गाउँमा पनि वाटो पुग्न सकेको छ “ उहाले नयाँ ठाउँमा पनि वाटो खोल्नका लागि उपमहानगरले नै पहल गरिरहेको पनि वताउनुभयो । “अव हाम्रो पालो आउँदै गरेको छ, फेरी नयाँ ठाउँमा बाटो खोल्नेछौ” न्यौपानेले वताउनुभयो ।

न्यौपानेको जस्तै सुखद अनुभव छ वडा नम्वर १४ का वडाध्यक्ष पर्शुराम चौधरीको पनि, चौधरीले वडाको वजेटबाट गर्न नसकिएका कामहरु उपमहानगरको गाडी प्रयोग गरेर भइरहेको वताउनुभयो । “गतसाल मलवारदेखि करंगासम्म वाटो फरािकलो वनाउनुका साथै ग्राभेल पनि गर्यौ” चौधरीले वताउनुभयो ।

उपमहानगरपालिकाले गत आर्थिक वर्षमा विकासका कामहरुलाई अगाडि वढाउनका लागि २ वटा जेसिवी, २ वटा ट्रक र एउटा रोलर किनेर नयाँ ट्रयाक खोल्न र ग्राभेल वनाउन सहज भएको पनि नगरप्रमुख पाण्डेले वताउनुभयो । वडा कार्यालयहरुले निवेदन दिएपछि क्रम अनुसार गाडी प्रयोग गरिने यान्त्रीक शाखा प्रमुख मधुकर डाँगीले वताउनुभयो ।

उहाले गाडीको आर्थिक जोहो गर्नका लागि वाहिरको काम पनि सस्तो दरमा गरिने वताउनुभयो । उहाले विकास निर्माणका कामहरु सजिलो वनाउनका लागि गाडीहरुले निकै सहयोग गरेको वताउनुभयो । उहाले उपमहानगरपालिकाका सबै वडाहरुमा पालैपाले काम भइरहेको समेत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *