सिनेमा

धकधक करे माेरे जिया (भिडियो रिलिज)
मनोरञ्जन, सिनेमा

धकधक करे माेरे जिया (भिडियो रिलिज)

शिवु खनाल देउखुरी, १६ पुस । थारू भाषामा निर्माण भएको धकधक करे माेरे जिया नामक म्युजिक भिडियो बुधबार रिलिज भएको छ । थारू कलाकार थमन चाैधरी र अञ्जु कुसुमियाले माेडेलिङ्ग गर्नुभएको थारू भाषामा निर्माण गरिएको धकधक करे माेरे जिया राप्ती फिलिमस् प्राेडाेक्सन युटुव च्यानलबाट रिलिज भएको छ । केशव राजवंशीले शब्द रहेको गितमा श्याम चाैधरीकाे संगित रहेको छ भने चाैधरी गायिका अनु चाैधरी र गायक श्रीनिवास चाैधरीले आवाज दिनु भएको हाे । धकधक करे माेरे जिया थारू भाषाकाे गित सार्वजनिक गरिएको हाे । भिडियोमा थारू कलाकार थम्मन चाैधरी, अञ्जु कुसुमिया रहनु भएको उक्त भिडियो याच सि संगमले काेरियाे ग्राफर र निर्देशन गर्नु भएको हाे । उक्त भिडियो निर्माण गर्दा दाङको तुलसिपुर स्थित चखाैरा, लमहीकाे जखेराताल, काेइलाबास, सिसहनिया लगायतका विभिन्न स्थानमा उक्त भिडियोकाे सुटिङ गरिएको हाे । भिडियो मार्फत स...
एकैपटक खुल्दै नेपालका नाटकघर
मनोरञ्जन, सिनेमा

एकैपटक खुल्दै नेपालका नाटकघर

कोरोना महामारीको स्थिति सामान्य होला र सरकारको अनुमति आउला भन्ने पर्खाइमा नाटकघरहरु थिए । तर, बन्द भएको करिब १० महिना बितिसक्दा पनि कहिले खोल्न पाउने भन्ने अन्योल कायमै रहेपछि अन्ततः नाटकघरहरु सञ्चालनमा आउने भएका छन् । नेपालका नाटकघरहरुको लागि काम गरिरहेको थिएटर हबको नेतृत्वमा बन्द रहेका नाटकघरहरु एकैपटक पुनः सञ्चालनमा आउने भएका हुन् । यसका लागि काठमाडौंसहित मोफसलमा रहेका नाटकघरहरु कसरी अघि बढ्ने भन्ने छलफलमा छन् । जसको संयोजन थिएटर हबका देव न्यौपानेले गरिरहेका छन् । “हल खुलिसकेका छन् । वर्ष २०२० त ध्वस्त नै भयो । तर, अब २०२१ लाई चाहिँ सकारात्मकताका साथ स्वागत गर्नुपर्छ र त्यसमा नेपालका नाटकघरहरु दर्शकको साथमा छौँ भन्ने सन्देशसहित हामीले नाटकघर खोल्ने निर्णय लिएका हौँ । तयारी हुँदैछ,” न्यौपानेले भने । उनका अनुसार फ्रिलायन्सिङ गर्ने कलाकारहरुलाई कहिले नाटकघर खुल्ने ह...
रिलिजअगावै सलमानको ‘राधे’को राइट्स सबैभन्दा महँगोमा बिक्री
मनोरञ्जन, सिनेमा

रिलिजअगावै सलमानको ‘राधे’को राइट्स सबैभन्दा महँगोमा बिक्री

मुम्बई । अभिनेता सलमान खानको चलचित्र ‘राधेः योर मोस्ट वान्टेड भाई’को हाल पोस्ट प्रोडक्सनको काम चलिरहेको छ । यही वर्षको इदमा रिलिज गर्ने भनिएको यो चलचित्र कोरोनाका कारण अब २०२१ को इदमा रिलिज हुने भएको छ । चलचित्र रिलिज हुनुअगावै चलचित्र १०० करोडभन्दा महँगोमा बिक्री भएको छ । खबरका अनुसार जी स्टुडियोले यो चलचित्र २३० करोड भारुमा खरिद गरेको छ । जसमा स्याटेलाइट, थिएटर रिलिज, डिजिटल र म्युजिक राइट्स पनि समावेश छ । यस अर्थमा यो कोरोना महमारीको समयमा बलिउडको सबैभन्दा बढीमा डिल भएको चलचित्र बन्नेछ । प्रभुदेवाको निर्देशनमा बनेको यस चलचित्रमा सलमानका अलावा दिशा पटानी, रणदीप हुड्डा र जैकी श्राफको मुख्य भूमिका रहेको छ । नवभारत टाइम्सबाट । ...
किसानहरुले दिए कंगनाको फिल्म बहिस्कार गर्ने धम्की
मनोरञ्जन, सिनेमा

किसानहरुले दिए कंगनाको फिल्म बहिस्कार गर्ने धम्की

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत किसान आन्दोलनलाई लिएर ट्वीटरमार्फत धारणा राख्दै आएकी छन् । कंगनाले यो आन्दोलनलाई सुरुवातदेखि नै गलत बताउँदै आएकी छन् । यतिमात्र नभई उनले कैयौं पटक यो आन्दोलनलाई सहमति जनाउँदै आएका कलाकारहरु दिलजित दोसांझ र प्रियंका चोपडालाई समेत निशाना लगाइसकेकी छन् । यता किसानहरु कंगनाको यी बयानहरुलाई लिएर आक्रोशित भएका छन् । मिडिया रिपोर्ट अनुसार किसानहरुले कंगनाको फिल्मलाई पञ्जाबमा रिलिज हुन दिनेछैनन् । यसका साथै उनीहरुले कंगनालाई आफू चर्चामा आउन राजनीति गरेको आरोप समेत लगाएका छन् ।  ...
कति पढेका छन् यी नेपाली अभिनेत्रीहरुले ?
फिचर, मनोरञ्जन, सिनेमा

कति पढेका छन् यी नेपाली अभिनेत्रीहरुले ?

नेपाली फिल्म क्षेत्रमा पढेको मानिसको कमी भएको भन्दै कुनै समय व्यापक आलोचना हुने गथ्र्यो । तर, पछिल्लो समय पढेलेखेका अभिनेत्रीहरुको नेपाली फिल्म जगतमा राम्रो आकर्षण रहेको छ । नेपाली सिने जगतका केही यस्ता अभिनेत्रीहरु रहेका छन् जो पढाइमा पनि उत्तिकै अब्बल रहेका छन् । कतिपय अभिनेत्रीले विभिन्न कारण पढ्न नपाए पनि फिल्म जगतमा भने सफलता हासिल गर्न सफल भएको उदाहरण पनि रहेका छन् । करिश्मा मानन्धरले ८ कक्षापछि पढ्ने फुर्सद पाइनन् । नेपाली फिल्म जगतमा सुपरहिट फिल्महरु दिएकी करिश्मा पछिल्लो समय भने पढाइमा व्यस्त रहेकी छिन् । उनले हालै एसइईको परिक्षामा बि प्लस ल्याइ उत्तिर्ण समेत भएकी छिन् । उनले अध्ययनलाई गहनताका साथ लिएको बताउँछिन् । एसइई उत्तिर्ण उनले व्यवस्थापन संकायमा भर्ना गर्ने सोच बनाइसकेकी छिन् । त्यस्तै अन्य अभिनेत्रीहरुको पढाइ कति छ त ?  वर्षा शिवाकोटीः स्नातक (बिबि...
इरफानको अन्तिम चलचित्र २०२१ मा रिलिज हुँदै
मनोरञ्जन, सिनेमा

इरफानको अन्तिम चलचित्र २०२१ मा रिलिज हुँदै

मुम्बई । बलिउडका दिवंगत अभिनेता इरफान खानको अन्तिम चलचित्र ‘द सङ्ग अफ स्र्कोपियन्स’ २०२१ मा रिलिज हुने भएको छ । तीनवर्ष अघि यस चलचित्रको प्रिमियर स्विजरल्यान्डको लाकार्नो फिल्म फेस्टिबलमा भएको थियो ।  चलचित्रको मोशन पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ट्रेड एनालिस्ट तरण आदर्श लेख्छन्,“इरफानको अन्तिम चलचित्र द सङ्ग अफ स्र्कोपियन्स’ २०२१ मा रिलिज हुँदैछ । अनुप सिंहको निर्देशनमा बनेको चलचित्र प्यानोरोमा स्पटलाइट र ७० एमएम टाल्किजले प्रस्तुत गर्दैछ ।” यस्तै प्यानोरोमा स्पोटलाइटका निर्माता अभिषेक पाठकका अनुसार यो चलचित्र इरफानलाई श्रद्धाञ्जली स्वरुप रिलिज गर्न लागिएको हो ।  उनी भन्छन्, “हामी यो चलचित्र भारतीय चलचित्रका प्रिय ताराको श्रद्धाञ्जली स्वरुप पेश गर्दैछौं ।”  हाल चलचित्रको रिलिज मिति भने सार्वजनिक भैसकेको छैन । चलचित्रमा इरफानका साथै वहिदा रहमान, शशांक अर...
रजनीकान्त र कमल हसनले गरे राजनीतिमा इन्ट्री, चिरञ्जीवीले गरे बाई बाई
मनोरञ्जन, सिनेमा

रजनीकान्त र कमल हसनले गरे राजनीतिमा इन्ट्री, चिरञ्जीवीले गरे बाई बाई

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् चिरञ्जीवी । लामो समय अभिनय त्यसपछि राजनीतिमा होमिएका थिए । उनी केही वर्षदेखि राजनीतिमा सक्रिय छैनन् ।  उनले अब राजनीतिमा पुन प्रवेश नगर्ने बताएका छन् । उनले आफ्नो एक्टिङ करिअरलाई नै अगाडि बढाउने भएका छन् । उनले सामान्था अकिनेनीको एक कार्यक्रममा राजनीतिमा नलाग्ने खुलासा गरेका हुन् ।  उनले यसो भनिरहँदा उता दक्षिण भारतीय फिल्मका दिग्गज कलाकार कमल हसन र रजनीकान्त भने राजनीतिमा प्रवेश गर्ने घोषणा गरिसकेका छन् ।  सन् २०२१ मा हुने विधान सभा चुनावका लागि उनीहरुले तयारी गरिसकेका छन् । उनीहरु राजनीतिक क्याम्पिनमा समेत लागि परेका छन् । तेलुगु फिल्मका सर्वश्रेष्ठ अभिनेताका रुपमा परिचीत छन् चिरञ्जीवी ।  उनले सन् २००८ मा प्रजा राज्यम पार्टीको गठन गरेका थिए । उनी सन् २००९ मा निर्वाचित भएका थिए । पछि उक्त दल भारतीय काँग्रे...
स्किन सिटीको सिईओमा नियुक्त भइन् अभिनेत्री वर्षा शिवाकोटी
मनोरञ्जन, सिनेमा

स्किन सिटीको सिईओमा नियुक्त भइन् अभिनेत्री वर्षा शिवाकोटी

नेपाली फिल्मकी अभिनेत्री वर्षा शिवाकोटी स्किन सिटीको सिईओमा नियुक्त भएकी छन् । नेपाल मेडिसिटी अस्पताल अन्तर्गतको स्किन सिटीमा उनी नियुक्त भएकी हुन् । योसँगै उनले व्यापारिक क्षेत्रमा पाइला अघि बढाएकी छन्् । उनी छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा आवद्ध भएसँगै शुभेच्छुकको साथ, सहयोग र सुझाबको अपेक्षा राखेकी छन् । चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीहरु धेरै रहेको बताउँदै उनले व्यापारिक क्षेत्रमा पनि आफू सफल बन्ने प्रयास गर्ने उनले बताइन् । वर्षाको बिर विक्रम २, पशुपतिप्रसाद, कारखाना, लप्पन छप्पन लगायत फिल्म चर्चित रहेको छ ।  ...
सरकारले फिल्म हल खोल्ने मौखिक सहमति दियो: अशोक शर्मा
फिचर, मनोरञ्जन, सिनेमा

सरकारले फिल्म हल खोल्ने मौखिक सहमति दियो: अशोक शर्मा

दाङ, १३ पुस। सरकारले फिल्म हल खुला गर्न मौखिक सहमति दिएको छ । नेपाल चलचित्र संघका महासचिव तथा निर्माता अशोक शर्माले सरकारले हल सञ्चालनको अनुमति दिएको बताए । शर्माका अनुसार सरकारको मौखिक सहमति भए पनि मन्त्रिपरिषदबाट निर्णय भएको छैन । साथै, सरकारले सिनेमा हलमा कोरोनाको महामारीको मापदण्ड हल सञ्चालकले पूरा गरेको र नगरेको बारे पनि अनुगमन गर्ने भएको छ । यसअघि कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै नेपालमा गत चैत्र ६ गतेदेखि सिनेमा हल बन्द गर्ने निर्ण गरेको थियो । त्यसपछि नेपालमा लामो समय लकडाउन गरिएको थियो । हल सञ्चालकहरुले कोरोना महामारीपछि अब जनजीवन सामान्य भएको भन्दै गत पुस १० गतेदेखि नेपालभरका सिनेमा हल खोल्ने एकतर्फी निर्णय गरेका थिए । सिनेमा हल खुले पनि दर्शक भने फिल्म हेर्न हलसम्म पुगेका छैनन् । ...
महिनाको ८ सय कमाउने यी कलाकार, यसरी बदलियो जीवन
मनोरञ्जन, सिनेमा

महिनाको ८ सय कमाउने यी कलाकार, यसरी बदलियो जीवन

एजेन्सी । भारतका प्रसिद्ध हास्यकलाकार हुन सुनील ग्रोवर । सलमान खानको ‘भारत’ फिल्ममा सलमान पछिको मुख्य भूमिकामा देखिएका उनी अहिले भारतका लगभग सबै अवार्ड शो तथा अन्य शोको फाइनलमा दर्शकलाई पेट मिच्दै हँसाउन बाध्य पार्दछन् । आफ्नो कलाको माध्यमबाट सबैको दिल जितेका उनको बारेमा सायद तपाइहरुलाई थाहा नहुन सक्छ । उनले जीवनमा थुप्रै संघर्ष गर्नुपरेको थियो । ‘गुत्थी’ र ‘डाक्टर मशुर गुलाटी’ को भूमिकामा सबैको मन जित्न सफल उनले सामाजिक सञ्जालमा आफ्नो संघर्ष सेयर गरेका थिए । उनको जिवनमा ‘गुत्थी’ को भूमिकाले ठूलो परिवर्तन ल्यायो । त्यसअघि सुनीलले महिनाको ८ सय रुपैयाँ कमाउँथे । सुनीलले मिडियालाई बताएका छन् ‘म कलाकारितामा एकदमै रुची राख्थेँ । मैले मानिसलाई हँसाउन र नाटक गर्न पहिलादेखि नै माहिर थिएँ । मैले मुम्बईमा एकदमै संघर्ष गर्नुप¥यो । मैले आर्थिक सङ्कटको कारणले बैंकमा समेत काम गरेको थिएँ...