लुम्बिनी प्रदेशका १२ जिल्लाका ४५ स्थानबाट सहायता कक्ष सुरु

दाङ, २० असोज । नेपालीहरुका ठुला पर्व दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले दाङलगायत प्रदेशका १२ जिल्लामा यात्रु नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

१२ जिल्लाका ४५ स्थानमा यात्रु नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले जानकारी दिनुभयो । कार्यालयका अनुसार सुरक्षा सतर्कता र यात्रु सहजताका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । दाङका छ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । घोराहीमा दुई, तुलसीपुरमा एक, लमहीमा दुई, भालुबाङमा एक गरी छवटा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । यसैगरी रोल्पाका तीन स्थान, प्युठानका तीन स्थान र रुकुमपूर्वका दुई स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

Blog Post Ad

यसैगरी रुपन्देहीमा सात, नलवरासी पश्चिममा चार, कपिलवस्तुमा पाँच, अर्घाखाँचीमा तीन, बाँकेमा दुई, पाल्पामा दुई, गुल्मीमा तीन र बर्दियामा पाँच स्थानमा नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यी सबै कक्षमा प्रहरीलाई खटाइएको छ । जसले चाडपर्वमा आवतजावत गर्नेहरुलाई सुरक्षामा सहज हुने प्रहरीको आशा छ । प्रहरीले भीडभाड हुने स्थानमा चोरी, लुटपाट, ठगी तथा झैझगडासमेत हुने अवस्थालाई मध्यनजर गर्दै सुरक्षामा कडाइ गरेको हो । यस्ता सहायता कक्ष प्रायः बसपार्कहरुमा स्थापना गरिएका छन् ।

Blog Post Ad