दाङमा आज २ जनामा कोरोना पुष्टि, ४ जना निको

Blog Post Ad

घोराही, २ असोज। दाङमा आज २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर परिक्षण गर्दा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Blog Post Ad

आज कोरोना पुष्टि हुनेमा घोराही र राप्तीका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज ४ जना कोरोना मुक्त भएका छन् ।

घोराहीका २ जना, तुलसीपुर र राप्तीका १÷१ जना कोरोनामुक्त भएका हुन् । आज ४ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ७९ जनामा झरेको छ । ति मध्य घरमा ६८ जना, ७ जना आईसियूमा र ४ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।

यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ३६ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ४३ जना निको भएका छन भने २ सय १४ जनाको मृत्युु भएको छ ।