घोराही–७ उत्तरबाहिनिमा मठमन्दिर बनाउन महायज्ञ लगाउने तयारी

दाङ, १४ असोज । घोराही उपमहानगरपालिका–७ बेलहरीस्थित प्रमुख पर्यटकिय धामकोरुपमा विकास हुन गइरहेको उत्तरबाहिनीलाई चिनाउन महायज्ञ लगाउने तयारी भइरहेको छ ।

जिर्ण भबनमा बसेर आबासियसहित गुरुकुल कक्षा सञ्चालन गरिरहेको उत्तरबाहिनिकारुपमा चर्चित त्यस क्षेत्रमा मठमन्दिर निर्माणका लागि स्थानीय समुदायलाई परिचालन गरेर पर्यटन प्रबर्द्धन र विकास गर्न महायज्ञ गर्ने तयारी भइरहेको गुरु पण्डित प्रकाश भट्टराईले बताए । उनले महायज्ञको मिति तय भइ नसकेको र छलफलकैक्रममा रहेको जानकारी दिए ।

उनले भनेका छन् ‘उत्तरवाहिनी दाङमा मन्दिर निर्माणका लागि महायज्ञ लगाउने कुरा चलिरहेको छ,छलफल टोल(टोलमा पुग्दै छ ।’ दसैं, तिहारमा यो बिषयमा स्थानीय क्षेत्रमा बृहत छलफल हुने उनको भनाई छ । उनले सबैको सल्लाह र सुझाब लिएर अघि बढ्ने तयारीमा रहेकाले मंसिर आसपासलाई मिति तय गर्ने भनी तयारि रहेको सुनाए ।