दाङ उवासंघमा प्रजिअ र एसपिलाई स्वागत

गोविन्द खड्का

दाङ,१३ असोज । दाङ जिल्ला उधोग वाणिज्य संघ ले सोमवार घोराहीमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकास आर्याल र एस पि दिपक श्रेष्ठ लाई स्वागत गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले सकारात्मक भावन फैलाउन आग्रह गर्नुभयो । उहाले आन्दोलनका क्रममा दुईवटा निजि व्यवसायमा भएको आगजनी र लुटपात गम्भिर रुपमा लिएको बताउनु भयो । ´अध्यान र सूचना संकलनमा छौ उहाले भन्नुभयो,सहयोग गर्नुहोला ।

उहाले प्रहरी तथा सार्बजनि सेवाका भौतिक सरचनामा सहयोग गर्न आव्हान गर्नुभयो । अधिकांश सेवा आङ्सिक सुचारु भएको र पुर्न सेवा दिने प्रयास गरिएको वताउनु भयो । यसैगरि एस पि श्रेष्ठ ले व्यवसायीक सुरक्षा मा कुनै कमि आउन नदिने बताउनु भयो ।

दाङ जिल्ला उधोग वाणिज्य संघका पुर्ब अध्यक्ष नारायण प्रसाद भुषालले शान्ति सुरक्षा मा व्यवसायीका तर्फ बाट पुर्न सहयोग हुने प्रतिबद्दता जनाउनु भएको थियो । व्यवसीलाई सजिलो र सुरक्षित वातावरण बनाईदिन सुरक्षा प्रमुखलाई आग्रह गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष नरेस कुमार श्रेष्ठ ले र सन्चालन महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।