अर्घाखाँचीमा जिप दुर्घटना – दुई बालकको घटनास्थलमै मृत्यु , चार जनाको अवस्था गम्भीर

दाङ, १३  असोज । अर्घाखाँचीमा जिप दुर्घटनामा परि दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मी मदाने गाउँपालिका – ६ पुर्कौटकी १० बर्षीया अरुणा थापा र मदाने – ७ नेटा खर्कका १३ बर्षीय नारायण पौडेलको मृत्यु भएको हो ।

बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको फुर्कौट तर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरबो जिप अनियन्त्रित भई सडकदेखि अन्दाजी ७० मिटर तल खसेको छ ।

गुल्मी मदाने गाउँपालिका – ६ की ३२ बर्षीया तारा सेन केसी , रुपन्देहीको बुटवल उपमहानगरपालिका – १९ पत्थरगंजकी १३ बर्षीया संजिता कुवँर, गुल्मी मदाने – ७ नेटाखर्ककी २१ बर्षीया उषा घर्ती मगर र मदाने – ६ की ३३ बर्षीया गंगा थापाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते सबैलाई उपचारका लागि बुटवल रिफर गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीले बताए । मदाने – ५ का ४२ बर्षीय चालक चेतबहादुर कुवँरपनि घाइते छन् ।

उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार जिपमा चालकसहित २६ जना सवार थिए ।

दुर्घटना लगतै राति नै घटनास्थल पुगेका अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीका अनुसार दुर्घटनास्थल सामान्ने र सजिलो बाटो भएको देखिन्छ ।

‘दाँयाबाट गुड्नु पर्ने जिप बाँया तर्फ भइ दुर्घटनामा परेको देखिएको छ,’ जिसीले भने ‘ चालक निदाएको हुँदा दुर्घटनामा परेको आशंका घइ रहेको छ ।’

सन्धिखर्क –ढोरपाटन सडक खण्ड अन्रतग सन्धिखर्क बाट गुल्मी पुर्कौटदह तर्फ जाँदै गरेको उक्त जिप अर्घाखाँचीको सन्धिखर्क नगरपाकिला – ९ टारीमा बिहान साढे ३ बजेतिर अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।