कृस फुटबल एकेडेमीले जित्यो, प्रथम शक्तिमान बुढा मगर स्मृति फुटबलको उपाधि

दाङ, १२ असोज । प्रथम शक्तिमान बुढा मगर स्मृति फुटबल छात्रातर्फको उपाधि कृस फुटबल एकेडेमी तुलसीपुरले जितेको छ । घोराहीमा शनिबार भएको खेलमा कृसले घोराही–१७ लाई ८–० गोलअन्तरले हराएको हो । यससंगै कृस फुटबल एकेडेमी तुलसीपुर नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ ।

कृस फुटबल एकेडेमी तीन वर्षअघि स्थापना भएको छ । एकेडेमीमा पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन भइरहेको अध्यक्ष मोहन सुनारले जानकारी दिनुभयो । उत्कृष्ट खेलाडीलाई क्लब, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलमा सहभागी गराउने गरिएको उहाँले बताउनुभयो ।

 

खेल क्षेत्रमा संभावना बढ्दै गएको अवस्थामा कृस फुटबल एकेडेमीले खेलाडी उत्पादन गरिरहेको कोच दुर्गा राजलवटले बताउनुभयो ।