दाङ, ६ असोज । ५ करोड लगानीमा तुलसीपुर ज्वैलर्स सञ्चालनमा आएको छ । सिद्धार्थ ग्रुपको ३० प्रतिशत र नेपाल नबिल बैकको ७० प्रतिशत लगानीमा ज्वलैस संचालनमा आएको हो । ज्वैलर्सको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनील केसीले उदघाटनु गर्नुभएको छ । हार्डवेर र मार्बलपछि सिद्धार्थ गु्रपले सुनमा लगानी गरेको हो । समय परिवर्तन संगै मानिसहरु सुन प्रति आकर्षित हुँर्दै गइरहेको र यसमा नगद कारोबार हुने भएकाले पनि यसतर्फ लगानी गरेको संचालक रामबहादुर खडकाले बताउनुभयो ।
‘हार्डवेयर र मार्बलमा अलि उधारो धेरै जाने भयो । तर सुनमा उधारो हुने कुरा भएन । बिक्री भए नगदमा हुन्छ नभए पनि नगद जस्तै स्टक हुन्छ । फस्ने सम्भावना एकदमै कम हुन्छ । पछिल्लो समय मानिसहरू जति महँगो भएपनि सुनमा आकर्षित हुँदै गइरहेका छन् । त्यसैले ग्रुपमा सल्लाह गरेर लगानी गर्ने निर्णयमा पुग्यौं ।’ संचालक खडकाले भन्नुभयो । पसलमा अहिले १० जनाले रोजगारी पाएका छन् । ज्वैलर्समा भारतीय कालिगड भएकाले ग्राहकले भने अनुसारको नयाँ सुन र चाँदीका गरगहना बनाउन सकिने बताइएको छ ।
तुलसीपुर ज्वैलर्समा ४० लाखको सुन परीक्षण मेसिन समेत जडान गरिएको छ । कुनै पनि ग्राहकहरुलाई सुनको गरगहना किन्दा गुणस्तर तथा सुद्धतामा कुनै समस्या नआओस् भन्ने उद्देश्यले सुन परीक्षण मेसिन राखिएको प्रालिले बताएको छ । अर्डर अनुसार निर्माण गरिएका गरगहनाको परीक्षण गरेर ग्राहकलाई दिने पसल लुम्बिनी प्रदेशमा सम्भवतः तुलसीपुर ज्वैलर्स मात्र रहेको सञ्चालक खम्बु वलीले बताउनुभयो । आधिकांश सुन पसलबाट ग्राहकले विश्वासको आधारमा गहना किनेर लिने गरेका छन् ।