
दाङ, २६ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले वडा भित्र रहेका क बर्गको रातो परिचय पत्र प्राप्त अपांगता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । वडा अध्यक्ष ताराबहादुर डिसी, वडा सचिब तेजा गैरे, वडा सदस्यहरु पद्मा चौधरी, सुनिता सुनार, मानसिंह बुढा र बुद्धिराम चौधरीले क बर्गको अपांगता परिचय पत्र प्राप्त व्यक्तिहरुलाई सम्मान गर्नुभएको हो ।
वडा कार्यालयले सम्मान स्वरुप उहाँहरुलाई मेट्रेस एक एक थान प्रदान गरेको छ । त्यस्ता प्रकृतिका अपांगता भएका व्यक्तिहरु प्राय बेड मै सुतिरहने भएकाले सहजताका लागि मेट्रेस एक एक थान प्रदान गरिएको वडा सचिब गैरेले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको बजेट कार्यक्रम मार्फत वडा भित्र रहेका त्यस्ता १२ जना अपांगता भएका व्यक्तिहरुलाई मेट्रेस उपलब्ध गराईएको हो ।
यसैबिच वडा कार्यालयले अपांगता भएर पनि अटो व्यवसाय सञ्चालन गरेका मनोज चौधरी र ग्रिल व्यवसाय गर्दै आउनुभएका वडा स्तरीय अपांगता सञ्जालका अध्यक्ष डम्बर डिसीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।