दाङमा चलचित्र निर्माण कार्याशाला हुने

दाङ, ४ वैशाख । दाङमा चलचित्र निर्माण कार्याशाला हुने भएको छ । यही वैशाख २५ देखि ३१ गतेसम्म चलचित्र निर्माण कार्याशाला हुने लागेको हो ।  पहल नेपालको आयोजनामा हुने कार्यशालामा चलचित्र निर्देशन, पटकथा लेखन र छायांकन सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक कक्षाहरू संचालन हुनेछ ।

कार्याशालाकै क्रममा प्रशिक्षार्थीहरूद्वारा लघु चलचित्र निर्माण गरिने र उत्कृष्ट तीन लघु चलचित्रलाई पुरस्कृत गरिने पहल नेपालका अध्यक्ष केएल बुढाथोकीले बताए ।

चलचित्रकर्ममा संलग्न जुनसुकै उमेर समूहका व्यक्तिले कार्याशालामा भाग लिने पाउने संयोजक बुढाथोकीले जानकारी दिए ।