मुख्यमन्त्री आचार्यले भेटे अर्घाखाँची बस दुर्घटनाका घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा हिजो भएको बस दुर्घटनाका घाइतेहरुलाई भेटेका छन् । बुटवलस्थित चौराह अस्पताल पुगेर उनले घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ६, खिल्जीमा सोमबार दिउँसो भएको दुर्घटनामा परी ३४ जना घाइते भएका थिए । घाइते बिरामीहरुसँग भेट गर्दै मुख्यमन्त्री आचार्यले तत्काल रकम अभावमा उपचारमा कुनै कमी नहुनेगरी अस्पताल व्यवस्थापन पक्षसँग कुरा गरी व्यवस्था मिलाइएको जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुर्घटनामा परेर एकजना वृद्धासहित दुई महिलाको मृत्यु भएको थियो । ना ३ ख २४७१ नम्बरको यात्रुवाहक बसले भैलो खेलिरहेको समूहलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad