रवि र छविलाई आज अदालतमा पेश गराइँदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २० कार्तिक । पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित चार जनालाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहित छविलाल जोशी, लिला पछाईं र नेचर हर्ब्सका रामबहादुरलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको हो ।

तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो । गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ । कात्तिक २ गेत काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका रवि कास्की हिरासतमा रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad