दाङ, १९ कार्तिक । राप्ती आँखा अस्पताल तुलसीपुरमा लामो समयदेखि कार्यरत रही अनुभव संगाल्नुभएका आँखा रोग विशेषज्ञ चिकित्सक डा. सुरेश रसाइलीको पदोन्नति भएको छ। प्रतिष्ठानको आँखा विभागको एसोसिएट प्रोफेसरमा रसाइली पदोन्नति भएका हुनुभएकाे हाे । रसाइलिले आँखा अस्पतालमा थुप्रै आँखा सम्बन्धी उपचारदेखि अपरेसन गर्दै आउनुभएकाे थियाे ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले डा. सुरेशले प्रतिष्ठानमा हाजिर भई छिट्टै सेवा प्रारम्भ गर्ने जानकारी दिनुभयाे । अब प्रतिष्ठानमा आँखा उपचारदेखि अपरेसन सेवा र शैक्षिक कार्यक्रम थप प्रभावकारी हुनेछ।
साथै प्रतिष्ठानले आँखा विषयको अध्ययन पनि सुरु गर्ने तयारीलाई तीव्र पारेको छ। तुलसीपुरमा आँखा सम्बन्धी उपचारका लागि ३ सयदेखि ४ सय जना बिरामीले सेवा पाइरहेकोमा, अब डा. रसाइली आएसँगै प्रतिष्ठानमा पनि आँखा सम्बन्धी सम्पूर्ण उपचार पाउने भएपछि यस क्षेत्रका बिरामीको उपचारमा थप सहयोग पुग्नेछ।