दाङ, १३ कात्तिक । दाङको तुलसीपुरमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-१८ का मान बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कात्तिक ९ गते साँझ ५ बजेको समयमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ३ प ३४६६ नम्बरको स्कुटी तुलसीपुर-१७ मज्गै नजिकै आफै अनियन्त्रीत भएर पल्टिदा बिक घाइते हुनुभएको थियो ।
दुर्घटनामा परी स्कुटी चालक उहाँका छोरा निम बहादुर बिक पनि सामान्य घाइते भएकोमा उपचार पछी डिस्चार्ज भइसेकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भिर घाइते मान बहादुरलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछी थप उपचारका लागी काठमाडौं पठाइएको थियो । उहाँको उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।