प्रहरी संरक्षणमा चल्छन् नेपालगन्जका ‘यौन अखडा’, फ्ल्याट लिएरै यौनधन्दा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १३ कार्तिक । प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्ने र सामाजिक विकृतिविरुद्ध सक्रिय रहने सरकारी जनशक्ति हो । प्रहरीको काम अनैतिक काम गर्नेलाई पक्राउ गरी कानूनी कार्वाहीको भागीदार बनाउने पनि हो । तर, सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा खट्नुपर्ने प्रहरी नै गलत बाटोमा हिँडिरहेकाको सहयोग बन्यो भने त्यसलाई के भन्ने ?

गलत काम गर्नेहरुका लागि यो काम मनमनै जायज लागे पनि सभ्य र सामाजिक हितका लागि सोच्ने मान्छेका लागि भन्ने यो कुरा पाच्य हुँदैन । तर, यहि नपच्ने कुरा नै नेपालगन्जका विभिन्न ठाउँहरुमा देख्न, सुन्न र भोग्न पाइन्छ । अहिले नेपालगन्जमा प्रहरीकै संरक्षणमा विभिन्न स्थानमा यौनधन्दा चलिरहेको गुनासो सर्वसाधरणले गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

न्यूरोड, कारकाँदो, सेतु विक चोक, घरबारी टोल, फुलटेक्रा, गुलरिया रोड, बसपार्क, पुष्पलाल चोेक लगायतका क्षेत्रमा वडा प्रहरी कार्यालय नेपालगन्ज प्रमुखले नै यस्ता गैरकानुनी गतिविधिको संरक्षण गर्दै आएको स्थानीयहरुको आरोप छ । ती क्षेत्रका केही होटल तथा रेष्टुरेण्टहरुमा प्रहरी संरक्षणमै यौन अखडा चल्दै आएका छन् ।

प्रहरीले ती होटल तथा रेष्टुरेण्टबाट महिनामा ५ हजारदेखि २५ हजार रूपैयाँसम्म बुझ्ने गरेको एक रेष्टुरेण्टका सञ्चालक बताउँछन् । न्यूरोड क्षेत्रका एक होटलले यौन अखडा सञ्चालन गरेवापत प्रहरीलाई मासिक १५ हजार बुझाउने गरेको बताए । उनका अनुसार यस्ता अखडाहरूबाट रकम बुझ्न सादा पोसाकमा प्रहरी पुग्ने गर्छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा प्रहरी कार्यालय नेपालगन्जको इन्चार्ज अरुण बमले कहिँकतै खानतलासी र छापा नमार्न मातहतका कर्मचारीलाई आन्तरिक निर्देशन दिएको स्रोतले बताएको छ । ‘साना होटललाई तर्साएर ठूला होटल तथा रेष्टुरेण्ट’सँग सेटिङ्ग मिलेपछि अहिले नेपालगन्जमा यौनधन्दा मज्जाले फस्टाएको छ,’ वडा प्रहरी कार्यालय स्रोतले भन्यो ।

‘इन्सपेक्टर सा’बको सेटिङ्ग मिलिसक्यो, किन छापा मार्नुपर्यो ?,’ वडा प्रहरी कार्यालय स्रोतले भन्यो, ‘अब छापा मार्दा सेटिङ्ग बिग्रिन्छ नि !’ वडा प्रहरी प्रमूखकै सेटिङ्ग मिलेपछि नेपालगन्ज क्षेत्रका धेरै होटल तथा रेष्टुरेण्टहरूमा खुलेआम यौनधन्दा हुने गरेको स्थानीयहरु बताउँछन् । यसको जानकारी प्रहरीलाई भए पनि छापा मार्ने र कारर्बाही नभएको स्थानीयको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ती होटल तथा रेष्टुरेण्टहरूले मासिकरूपमा रकम बुझाउने गरेकै कारण प्रहरीले छापा नमारेको स्थानीय एक रेष्टुरेन्ट व्यवसायीले जानकारी दिएका छन् । सरकारी संयन्त्रसँग सेङ्गिट मिलाउँदै पछिल्लो समयमा नेपालगन्जमा अवैध यौन अखडाहरु सञ्चालन भइरहेका छन् । प्रहरीकै संरक्षणमा यौनधन्दा मौलाउन थालेको गुनासो बढिरहेको छ ।

यौन व्यवसाय ठिक छ या छैन बहसकै बिषय हो । कति आफ्नै खुशीमा यौन व्यवसायी भएका छन् त कति बाध्यताले यौन कर्म गरिरहेका छन् । आफ्नै मनमञ्जुरीमा यौन कर्म गर्नेहरु आफ्नो कर्मबाट खुशी होलान तर, समाजमा बाध्यताले यौन कर्म गर्नेहरु भने पीडामा बाँचिरहेका छन् । नेपालगन्ज ऐतिहासिक र पुरानो शहर हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो धेरै किशोर किशोरीको सपना फुलाउने शहर पनि हो । तर, यहाँ धेरै किशोरीहरुको सपना त्यसै ओइलाइरहेको पनि सत्य हो । सपना सजाउन नेपालगन्ज आएका कतिपय महिलाहरु नारकीय जीवन विताउन पनि बाध्य छन् । नेपालगन्जका होटलहरुमा धेरै महिलाहरुको सपना ओइलिरहेको छ ।

न्यूरोड, कारकाँदो, सेतु विक चोक, घरबारी टोल, फुलटेक्रा, गुलरिया रोड, बसपार्क, पुष्पलाल चोेक लगायतका क्षेत्रमा होटलको आवरणमा धेरै अवैध यौन अखडाहरु सञ्चालनमा छन् । जानेर या नजानेर यौन अखडाहरुमा फसेका युवतीहरु यतिखेर अनेकौं पीडा खेप्न बाध्य छन् । तर प्रहरी भने मुकदर्शक भएर खुलेआम धन्दा चलाउन दिइरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

होटलमा आउने ग्राहकसँग समय विताउनुपर्ने, ग्राहकको माग अनुसार शारीरिक सेवा दिनुपर्ने यस क्षेत्रका होटलमा काम गर्ने महिलाको दैनिकी नै हो । कति महिला आफ्नै खुशीले यौन कर्म गरिरहेका होलान् तर, अन्जानमा यौन कर्म गर्न पुगेका किशारीहरु आफ्नो दुखेसो यसरी पोख्छन् । यसरी गाउँबाट किशोरीहरु शहर आइपुग्छन् ।

सुन्दर सपना बोकेर शहर आएका किशोरीहरु जानेर या नजाने यौन कर्ममा फस्छन् । नजानिँदो रुपमा नेपालगन्ज क्षेत्र यौन अखडाको शहर जस्तै बन्न पुगेको छ । नेपालगन्जमा करिब ३५० को हाराहारीमा यौन व्यवसायी रहेको अनुमान गर्न सकिन्छ । त्यसमध्ये १४ देखि २५ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरु यौन कर्ममा संलग्न छन् ।

यस क्षेत्रमा यौन कर्ममा संलग्न किशोरीहरु आफुले ग्राहकलाई दिने सेवाबारे बताउँछन् । धेरै किशोरीहरु साथीसँगी कै लहलहैमा यौन कर्म गर्न बाध्य भएको यौन कर्ममा संलग्नहरु आफै बताउँछन् । प्रहरी भने यौन व्यवसाय समाप्त पारेको ठोकुवा गर्छ तर, यौन व्यवसाय झनै मौलाएको छ । प्रहरीकै संरक्षणमा नेपालगन्जमा यौन व्यवसाय मौलाएको छ ।

एक यौनकर्मी किशोरीले वडा प्रहरी कार्यालयले यौन व्यवसायीबाट के–के सेवा, सुविधा पाउँछन् त्यो पनि स्पष्ट खुलाएकी छिन् । ‘वडाका प्रहरीलाई नगद रकमसमेत बुझाएका छौं,’ एक यौनकर्मी महिलाले भनिन्, ‘प्रहरी आएर हैरान पार्छन्, केही रकम बुझाउँछौं, अन्य सानो दर्जाका प्रहरीले कहिलेकाहीं आएर मासु र रक्सी खान्छन्, अनि यौन इच्छा पूरा गर्छन्, जान्छन् ।’

कहिलेकाहिँ प्रहरीले भनेको जस्तो नभए मात्र छापा हान्ने गरेको उनले सुनाइन् । ‘पहिलो दिनमा फोन नम्बर माग्छन्,’ उनले भनिन्, ‘साहुलाई नभनी जान मिल्दैन, फेरि गएन भने तेरोमा रेड हान्छु भनेर धम्की दिन्छन् ।’ नेपालगन्जमा यौनकर्मी राखेर रेस्टुरेन्ट व्यवसाय चल्ने ठाउँ अधिकांश वडा प्रहरी कार्यालयको कार्यक्षेत्रमा पर्छन् ।

वडा प्रहरी कार्यालयमा नयाँ इन्चार्ज आएसँगै सुरुमा होटल व्यवसायीहरुलाई दुख दिने गरिएको छ । सुरुमा छापा मार्ने र विस्तारै रकम असुलीमा लाग्ने गरेको एक होटल व्यवसायीले बताए । ‘हाम्रो त जम्मा चार जना केटीमात्र छन्,’ एक जना व्यवसायीले भने, ‘मैले पैसा त दिन्न, कहिलेकाहिँ आउँदा रक्सी, मासु र खाना खान्छन् । केटी पनि लिएर जान्छन् ।’

यौन व्यवसाय नियन्त्रण गर्ने नाममा उल्टो संरक्षण गर्न थालेपछि यौन व्यवसाय फस्टाउँदै गएको नेपालगन्जका स्थानीयहरुको भनाई छ । सादा पोसाकमा खटिएका केही घुमुवा प्रहरीले नै यौन अखडा चलाउने, पैसा लिएर होटलको संरक्षण गर्ने गरेको स्रोत बताउँछ । कतिपय युवतीहरु होटल तथा रेष्टुरेन्टमा नियमित कामदार भएरै यौनधन्दामा लाग्ने गरेको देखिन्छ ।

यौन व्यापारको अखडा बन्दै ‘दोहोरी साँझ’
बाँकेमा केही समययता दोहोरी साँझ खुल्ने क्रम सुरु भएको छ । अहिले चार÷पाँच वटा दोहोरी साँझ सञ्चालनमा छन् । दोहोरी साँझ राती १० बजेसम्म सञ्चालन गर्न पाउने नियम छ । रेष्टुरेन्ट सञ्चालनसँगै ग्राहकलाई सांगीतिक मनोरञ्जन दिनका लागि खुलेका ‘दोहोरी साँझ’ यौन व्यापारको अखडा बन्दै गएको गुनासो बढिरहेको छ ।

राती १० बजेसम्म मादक पदार्थ सेवन गराउँदै ग्राहकलाई संगीतमा लठ्याउँदै आएका ‘दोहोरी साँझ’ सञ्चालकले १० बजेपछि आवश्यकता अनुसार यौन व्यवसायको मोलमोलाई गरिरहेको सम्पर्क स्रोतले सत्यपाटीलाई बतायो । दोहोरी साँझ सांगीतिक मनोरञ्जनभन्दा अघोषित ‘रेडलाइट’ एरियाका रुपमा विकसित बन्दै गइरहेको स्रोतले बतायो ।

अहिले सडक, ठूला होटल, रेष्टुरेन्ट मात्रै होइन, दोहोरी साँझ पनि यौन व्यवसायका लागि ग्राहक र युवती भेट्ने थलो बन्दै गइरहेको छ । बाहिर देखाउनका लागि दोहोरी सञ्चालन गरेजस्तो गर्ने र भित्रभित्र यौन व्यवसाय पनि सँगसँगै सञ्चालन हुने गरेका छन् । ‘रेट’ तय भएपछि यौनकर्मी दोहोरीबाट ग्राहकसँग गन्तव्यतिर लाग्ने गरेको स्रोतले बतायो ।

दोहोरी साँझलाई अहिले पनि मनोरञ्जनको ‘पारिवारिक केन्द्र’ मानिन्छ । परिवारका सबै सदस्य गएर दोहोरी सुन्न, हेर्न र मनोरञ्जन लिन मिल्ने स्थानका रूपमा दोहोरीलाई लिइन्छ । तर दोहोरी साँझलाई यौनकर्मी युवती मोलमोलाईको थलो बनाइएको छ । कतिपय यौनकर्मी युवती चाहिँ दोहोरी साँझमा छिर्ने र ग्राहकसँग लहसिन थाल्छन् ।

दोहोरी साँझ सञ्चालकलाई ती युवती पेसेवर यौनकर्मी हुन् भन्ने पनि थाहा छ । तर पनि युवती दोहोरीमा आएपछि व्यापार बढ्ने भएकाले दोहोरी साँझ सञ्चालक चुपचाप बस्छन् र ती युवतीलाई नै प्रयोग गरेर आफ्नो व्यापार बढाउने ध्याउन्नमा लाग्छन् । यसकारण अब दोहोरी साँझ पनि दोहोरी मात्रै हो भन्ने अवस्था छैन ।

तस्वीर देखाएर मोलमोलाई, फ्ल्याट लिएरै यौनधन्दा
पछिल्लो समय बाँकेमा नेपाली मात्र नभई भारतीय यौनकर्मीहरु पनि सक्रिय छन् । जिल्लाभित्र केही फ्ल्याट नै भाडामा लिएर यौन व्यवसाय सञ्चालन भइरहेका छन् । उक्त होटल तथा रेष्टुरेन्टमा यौन सन्तुष्टिका लागि विभिन्न पेशा व्यवसायमा संलग्न उच्च वर्गका व्यक्तिहरु पुग्ने गरेको स्रोतले बतायो ।

विभिन्न स्थानबाट यौन प्यास मेटाउन पुग्ने पुरुषलाई फ्ल्याट भाडामा लिएर अखडा चलाउने सञ्चालकले युवतीको तस्वीर देखाएर पैसाको मोलमोलाई गर्ने गरेको स्रोतले बतायो । फ्ल्याटमा आएर युवती छानेर नेपालगन्ज, राँझा, कोहलपुर, गाभर, ढकेरी तथा कर्णाली चिसापानी, बबई क्षेत्रका होटेल तथा लजसम्म लैजाने गरेको बताइन्छ ।

फ्ल्याटमा सञ्चालकले एक रातको एक हजार र एक पटक बसेको पाँच हजारसम्म लिने गरेको पनि स्रोतले बतायो । तर, सञ्चालकले युवतीलाई त्यसबापत ५०० रुपैयाँदेखि २ हजारसम्म दिने गरेको बताइन्छ । बाँकेमा पछिल्लो समयमा ‘फ्ल्याट’मा भाडामा लिएर यौनधन्दा चलाउने शैली भने नयाँ हो ।सत्यपाटीबाट