घोराही–तुलसीपुर चारलेन बहुबर्षिय बनाउने तयारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिपक बोहरा

दाङ, १३ कार्तिक । घोराही–तुलसीपुर चारलेन सडक निर्माणकाागि बहुबर्षिय बनाउने तयारी रहेको छ । सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर विष्टका अनुसार  मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्ने गरि छलफल भएको छ । त्यो टुंगिएपछि बहुबर्षियकालागि योजना आयोगमा फाईल जानेछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

योजना आयोगबाट स्वीकृत भएपछि अर्थ मन्त्रालयमा बजेट सुनिश्चितताकालागि जाने छ । अर्थले बजेट सुनिश्चित गरेपछि निर्देशनालयले काम अघि बढाउने उनको भनाई छ । त्यसकालागि आफूहरू आवश्यक कागजात तयारी गरिरहेको प्रमुख विष्टको भनाई थियो । यस अघि लमहीमा चारलेनको आयोजना कार्यालय थियो ।

यस अघि लामो समयसम्म पनि चारलेनको काम पूरा हुन नसकेपछि रद्ध भएको थियो । ३० महिनामा काम सक्ने गरि तत्कालिन अवस्थामा  २०७५ माघदेखि काम सुरु भएपनि चौथो पटक म्याद थप्दा पनि १० प्रतिशत पनि काम पूरा हुन सकेको थिएन् । ठेकेदार पनि सम्पर्क विहीन भएपछि चौतर्फी दवावले डेढ वर्ष अघि ठेक्का नै रद्द भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तत्कालिन अवस्थामा भारतीय एक्जिम बैंकको सहयोगमा चारलेन सडक भ्याट सहित १ करोड २१ लाख ८२ हजार तीन सय १ रुपैयाँ अमेरिकी डलर (नेपालीमा १ अर्ब २३ करोड) मा निर्माण हुन लागेको थियो ।

भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राले लिएको थियो । उक्त कम्पनीले पेटी ठेकेदार मार्फत काम गर्दै आएको थियो । त्यो बीचमा ८ जना पेटी ठेकेदारलाई काम दिएको भएपनि निर्माण सुरु भएको ५ वर्षसम्म पनि १० प्रतिशत भन्दा बढि काम हुन सकेको थिएन । जसले गर्दा यस क्षेत्रका जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा राजनीतिक दलले समयमा काम गर्न दवाव दिएका थिए ।  चारलेन पूरा नभएपछि बीच–बीचमा परेका खाल्डा खुल्डी पुरेर अहिले आवतजावत सहज बनाईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad