सल्यानमा प्लास्टिकका फूल र माला विक्री वितरणमा रोक

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १२ कार्तिक । सल्यानका विभिन्न स्थानीय तहहरूले प्लास्टिकबाट बनेका फूल तथा माला बिक्री वितरणमा रोक लगाएका छन् । जिल्लाको शारदा नगरपालिका र त्रिवेणी गाउँपालिकाले प्लास्टिकजन्य फूल तथा माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेका हुन ।

प्लास्टिक जन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने, स्थानीय कृषकबाट उत्पादित फूलले बजार नपाउने तथा ठुलो धनराशि बाहिरिने समस्या देखिएको भन्दै कार्यपालिका बैठकको निर्णय अनुसार रोक लगाइएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीद्वारा सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । पालिकाले सूचना जारी गर्दै स्थानीय कृषकले उत्पादन गरेको प्राकृतिक फूल माला मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानीय उत्पादनको प्रवर्द्धन र स्वास्थ्यलाई ध्यानमा राख्दै प्लास्टिकजन्य फूल, माला उत्पादन, भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको शारदा  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले बताउनुभयो । अनुगमनको क्रममा बजारमा प्लास्टिकजन्य फूल तथा माला भेटिएमा कानुनी व्यवस्था अनुसार कारबाही गर्ने बताउनुभयो ।

प्लास्टिकजन्य फुल माला किन्ने भन्दा नगरपालिका भित्रका किसानले उत्पादन गरेका सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गरी स्थानीय रूपमा उत्पादित फूलको बजारीकरणमा सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चाडपर्व मात्र नभई नगरपालिकाको आयोजनामा हुने सबै किसिमका सभा समारोहमा समेत किसानले उत्पादन गरेका फुल प्रयोग गर्दै आएको उहाँको भनाइ छ ।

स्थानीय स्तरमा उत्पादनलाई प्रवर्द्धन गर्न र स्थानीयलाई घरमै रोजगारीको सिर्जना गर्न नगरपालिकाले प्लाष्टिजन्य फुलमा गत विगतका वर्षदेखि नै रोक लगाउँदै आएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताउनु भयो  ।तिहारको समयमा पटकाजन्य वस्तु नपड्काउन र बिक्री वितरण समेत नगर्न आग्रह गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad