दाङ, ११ कार्तिक । पत्रकार प्रेम क्षेत्रीको हृदयघातका कारण गएराति निधन भएको छ । चितवनको माडी स्थायी घर भए पनि पत्रकार क्षेत्री गैँडाकोटमा परिवारका साथमा बस्दै आउनुभएको थियो । गएराति करिब ११ बजे छाती दुखेपछि उपचारका लागि चितवन मेडिकल कलेजमा पु¥याइएको थियो । १ घण्टापछि चिकित्सकले मृत घोषणा गरेको परिवारका सदस्यलाई उधृत गर्दै विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।
३६ वर्षीय क्षेत्री १७ वर्षदेखि रेडियोमा आवद्ध हुनुहुन्थ्यो । पछिल्लो समयमा उहाँ विजय एफएमको सहायक स्टेशन म्यानेजर र विजय खबर पत्रिकाको समाचार सम्पादक हुनुहुन्थ्यो । क्षेत्रीका श्रीमती र एक छोरी हुनुहुन्छ ।