तुलसीपुरमा चिस्यान केन्द्र नहुँदा किसानलाई समस्या

Blog Post Ad Blog Post Ad Blog Post Ad

सरिता चौधरी

दाङ, ८ कार्तिक । चिस्यान केन्द्र नहुँदा किसानलाई समस्या हुने गरेको छ । उत्पादित तरकारी र फलफुल भण्डारण गर्न नपाउँदा कुहिएर जाने वा सस्तोमा बेच्नुपर्ने अवस्था एकातिर छ भने अर्कातिर विउ भण्डारण गरेर राख्न पनि समस्या हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङको तुलसीपुरमा चिस्यान केन्द्र नहुँदा आलुको विउ राख्नका लागि किसानहरु घोराही जानुपर्ने बाध्यता छ । आलुको पकेट क्षेत्र रहेको कुमलगढीका किसानले यो वर्ष मात्रै झण्डै पाँचसय बोरा आलु घोराहीको स्वर्गद्धारी चिस्यान केन्द्रमा लगेर राखेका छन् ।

आफ्नै पालिकामा चिस्यान केन्द्र भए सयौँ किसानलाई सजिलो हुने उनीहरु बताउँछन् । दाङको घोराहीमा दुईवटा तथा देउखुरी क्षेत्रको राप्तीमा एउटा गरी तीनवटा मात्र चिस्यान केन्द्र छन् । यो वर्ष दाङमा २० मेट्रिक टन टीपीएस जातको आलुको बिउ भण्डारण गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चिस्यान केन्द्रमा आलुको बिउ भण्डारण गर्न कृषि ज्ञान केन्द्र दाङले ७५ प्रतिशत लगानी गर्ने गरेको छ । यसका लागि यसवर्ष तीन लाख रुपैयाँ बजेट छुट्याइएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकामै चिस्यान केन्द्र खोल्न किसानले वर्षौँदेखि माग गर्दै आएका छन् । तर सुनुवाइ भएको छैन । अब भने तुलसीपुरमै चिस्यान केन्द्र स्थापना गर्ने योजना बनाइरहेको तुलसीपुर उपमहानगरका कृषि शाखा प्रमुख धनराज गौतम बताउनुहुन्छ । पर्याप्त चिस्यान केन्द्र बनाएर विऊका साथै अन्य कृषि उत्पादनसमेत भण्डारण गर्ने ब्यवस्था मिलाइदिन किसानले माग गर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad