दाङमा बालिका माथि करणी भएको १२ दिन बित्यो, प्रहरी अपराधीलाई पक्राउ गर्न असफल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ कार्तिक । राप्ती गाउँपालिका–१ भालुबाङमा एक आठ वर्षीया बालिकामाथि बलात्कार भएको १२ दिन बितिसकेको छ तर घटनामा संलग्नहरुलाई प्रहरीले अझै पत्ता लगाउन सकेको छैन ।

प्रहरीले अनुसन्धान भइरहेको बताएको छ भने स्थानीय र पीडित पक्षले घटना ढाकछोप गर्ने प्रयास भइरहेको दाबी गरेका छन् । घटना भएको १२ दिन बितिसक्दा पनि प्रहरीले संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि प्रहरीकै भूमिकामा शंका उत्पन्न भएको स्थानीयहरुको भनाइ छ । छिटो भन्दा छिटो घटनामा संलग्नहरुलाई पक्राउ गरी सार्वजनिक गर्न माग गर्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय भालुबाङको कार्यालय अगाडि दैनिक जसो धर्ना दिदै दबाब बढाउँदै आएका छन् । उनीहरुले पीडितलाई न्यायका लागि भन्दै दबाब दिन स्थानीय राजनीतिक दल, उद्योगी, व्यवसायी, पेशाकर्मी, नागरिक समाजसहितको संघर्ष समिति समेत गठन गरेर आन्दोलन गरिरहेका छन् । उनीहरुले सशस्त्र प्रहरीकै नजिकमा नाबालिका बलात्कृत हुने र १२ दिन बितिसक्दासम्म घटनामा संलग्नहरुको कुनै अत्तो पत्तो नलाग्नुले घटनालाई थप रहस्यमय बनाइएको बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले सार्वजनिकरुपमा संघर्षको कार्यक्रम अघि बढाइएको छ तर प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताए पनि संलग्न व्यक्तिको अझै पहिचान गर्न सकेको छैन । घटना गत असोज २४ गते फूलपातीको दिन भएको थियो । सशस्त्र प्रहरी क्याम्पनजिक बनाइएको पीङ खेल्न गएकी आठ वर्षीया बालिका बलात्कारमा परेको घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो । पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिका सँगै रहेकी अर्की एक १५ वर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानको लागि भन्दै १२ दिनदेखि कार्यालयमै राखेको छ । दुबै बालिकासँग घटनाको बारेमा जानकारी लिने र शंकास्पद व्यक्तिहरुसँग सोधपुछ जारी राखिएको प्रहरीले बताएको छ । ‘पीडित बालिका प्रहरीको संरक्षणमा हुनुहुन्छ । उहाँसँग रहनुभएकी अर्की एक १५ वर्षीया बालिकालाई पनि प्रहरी कार्यालयमा राखेका छौं । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ’– जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापाले भन्नुभयो– ‘यो घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको छ । सिआईविको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ ।’

तीन दिनदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवीको टिमले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोश बढ्दै गएको छ । प्रहरी कार्यालय अगाडि नारा जुलुस गर्दै दबाबमूलक धर्ना दिने गरिएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दासम्म संघर्ष जारी राख्ने चेतावनी दिइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘प्रहरी कार्यालयसँग निरन्तर छलफल गरिरहेका छौं । तर प्रहरीले अझैसम्म संलग्न व्यक्ति पहिचान गर्न नसक्नु दुःखको कुरा हो । बालिकाको न्यायको लागि हामीले सार्वजनिकरुपमा दबाब सिर्जना गर्न थालेका छौं’– राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष तथा संघर्ष समितिका संयोजक सुरज खड्काले भन्नुभयो– ‘के कारणले हो अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसक्नु ? हामीले थालेको संघर्ष न्यायको संघर्ष हो ।’ घटनाको सत्यतथ्य छानबिन गर्न माग राखिएको छ ।

सशस्त्र प्रहरीकै सामुन्ने बलात्कार

Blog Post Ad Blog Post Ad Blog Post Ad

सशस्त्र प्रहरी बल ज्वालामाई गणले दशैं पर्वमा लिंगे पिङ बनाएको थियो । सर्वसाधारणको लागि पिङ खेल्न खुला गरिएको थियो । फूलपातीको दिन आठ वर्षीया बालिका पनि साथीसँग त्यही पिङ खेल्न पुगेकी थिइन् । त्यसैबेला छेउको केराबारीमा पु¥याएर आफूमाथि नराम्रो काम भएको आमासमक्ष बताएपछि घटना बाहिर आएको थियो । सशस्त्र प्रहरीको क्याम्प नजिक भएको घटनाको अनुसन्धानमा प्रहरीले सफलता प्राप्त गर्न सकिरहेको छैन । सशस्त्र प्रहरी क्याम्पमा कार्यरत जवानहरुलाई लक्षित गरेर समेत अनुसन्धान बढाउन पीडित पक्षले माग राखेका छन् । प्रहरीले सबै कोणबाट अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रदर्शन र चक्का जाम

Blog Post Ad Blog Post Ad Blog Post Ad

बालिका बलात्कार घटनामा संलग्नहरुको खोजी नगरिएको भन्दै स्थानीयले प्रदर्शनसँगै पूर्वपश्चिम राजमार्गअन्तर्गत भालुबाङमा राजमार्ग अवरुद्ध गरेका छन् । घटना भएको १२ दिन बितिसक्दा पनि संलग्नहरु पत्ता नलागेको र प्रहरी प्रशासनले नै ढाकछोप गर्न लागेको आरोप लगाउँदै स्थानीयले सोमबार दिउसो २ बजेदेखि ३ बजेसम्म राजमार्ग नै अवरुद्ध गरेका हुन् । राप्ती उद्योग वाणिज्य संघको अगुवाइमा प्रदर्शनसहित चक्का जाम गरिएको युगबोधकर्मी महेश रिजालले जानकारी दिनुभयो । एक्कासी राजमार्ग अवरुद्ध हुँदा आवागमनमा समस्या भएको थियो । यसअघि पीडितको न्यायका लागि दबाब दिन भन्दै स्थानीयले संघर्ष समिति समेत गठन गरेका छन् ।

यसैबीच संघर्ष समितिको सोमबार बसेको वैठकले तीन दिने आन्दोलनको घोषणा गरेको छ । आन्दोलनका कार्यक्रमअनुसार कार्तिक ६ गते राप्ती गाउँपालिकाभित्रका सबै बजारहरु बन्द गर्ने र दिउँसो १२ बजेदेखि ३ बजेसम्म पूर्वपश्चिम राजमार्ग बन्द गर्ने, कार्तिक ७ गते १२ बजेदेखि भालुबाङ चोकमा प्लेकार्डसहित प्रदर्शन र कोणसभा गर्ने र दिउँसो १ बजेदेखि ३ बजेसम्म पूर्वपश्चिम राजमार्ग बन्द गर्ने र कार्तिक ८ गते दिउँसो १२ बजेदेखि साँझ ४ बजेसम्म पूर्वपश्चिम राजमार्ग बन्द गर्ने र त्यतिञ्जेलसम्म पनि घटनामा संलग्नहरु पक्राउ नपरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको संघर्ष समितिका संयोजक सुरज खड्काले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीको भूमिकामाथि मानवअधिकारकर्मीको शंका

बालिका बलात्कार घटना रहस्यमय बनाइएको भन्दै दाङमा क्रियाशील मानवअधिकारकर्मीहरुले प्रहरी प्रशासनको भूमिकामाथि शंका व्यक्त गरेका छन् । उनीहरुले प्रहरीकै नजिकमा बालिकामाथि बलात्कार हुनु र लामो समयसम्म पनि दोषी पक्राउ नहुनुले घटना रहस्यमय भएको उल्लेख गर्दै यसले प्रहरी प्रशासनको भूमिकामाथि शंका उत्पन्न भएको बताएका छन् । नाबालिकामाथि जघन्य अपराध हुँदा गम्भीररुपमा अनुसन्धान नभएको र घटना हुँदा बालिकासँगै रहेकी अर्की बालिकालाई पनि प्रहरीले आफूसँगै राखेर अनुसन्धानलाई ढाकछोप गर्न खोजेको त होइन भन्ने शंका उत्पन्न भएको बताएका छन् । सोमबार घोराहीमा बसेको मानवअधिकारकर्मीहरुको बैठकले बलात्कार घटनाको अवस्था र पीडितलाई न्याय दिन सरकारी निकायले गरेको पहलका विषयमा छलफल गर्दै पीडितलाई न्याय दिने सवालमा गम्भीर हुन स्थानीय प्रहरी, प्रशासनलाई आग्रह गरेको छ ।

बैठकपछि संयुक्त विज्ञप्ति निकालेर मानवअधिकारकर्मीहरुले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र छिटो भन्दा छिटो संलग्नहरुलाई पक्राउ गरी कारवाही अघि बढाउन आग्रह गरेका छन् । मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्मा, महिला मानवअधिकार रक्षक सञ्जाल दाङकी संस्थापक अध्यक्ष लक्ष्मी आचार्य, इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागर, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, महिला मानवअधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष अनिता पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी, अपांग मानवअधिकार एवं सरोकार मञ्चकी अध्यक्ष देवका खनाल, नेपाल सेतो गुराँस बाल विकास केन्द्रकी सचिव सरस्वती सुवेदी, नेपाल महिला मानवअधिकार रक्षक सञ्जाल दाङकी पूर्वअध्यक्ष सुशीला पौडेल, रक्षक सञ्जालकै पार्वती धितालले जारी गरेको संयुक्त विज्ञप्तिमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ ।युगबोध दैनिकबाट