दाङमा लोकल माहुरीपालनबाट आम्दानी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ कात्तिक । दाङमा लोकल माहुरीको व्यवसायिक पालन बढ्दै गएको छ । लोकल माहुरीको व्यवसायिक पालनबाट राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लाको पहाडी क्षेत्रमा जङ्गलमा पाइने सेरेना माहुरीको पालन बढ्दै गएको हो ।

त्यहीमध्येका एक हुन्, बंगलाचुली गाउँपालिका–४ गहतेरा निवासी डाँसबहादुर डाँगी । डाँगीले विगत १० वर्षदेखि स्थानीय सेरेना जातको माहुरीको व्यावसायिक रूपमा पालन गर्दै आएका छन् । जङ्गलमा रुख र भिरमा बस्ने माहुरीलाई घरमा व्यवस्थित रूपमा घार निर्माण गरेर एकदशकदेखि पालन गर्दै आएको डाँगी बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जङ्गलबाट खोजेर घरमा ल्याउँदै पाल्ने गरेका डाँगीले अहिले करिब ४०÷५० घार माहुरी पाल्ने गरेको बताउँछन् । पहाडी क्षेत्रमा चिउरीलगायतका विभिन्न फलफूलका बिरुवा हुने भएकाले चरणको समस्या नहुने र लोकल माहुरीबाट आम्दानी समेत लिन सकिने बताउँछन् ।

‘कुनै दिन शून्य घारबाट सुरु गरेको माहुरीलाई बढाउँदै डेढसयसम्म पु¥याएको थिए’, बंगलाचुली गाउँपालिका वडा नं. ४ का अध्यक्ष समेत रहेका डाँगीले भने, ‘तर पछिल्लो समय राजनीतिमा जोडिएपछि घरमा समय दिन नपाउँदा माहुरीको घारको सङ्ख्या घटेको छ ।’ अहिले करिब ५० वटा माहुरीका घार छन् । आपूm नहुँदा पछिल्लो समय घरमा माहुरी श्रीमतीले गोमाले हेर्ने गरेको बताउँछन् । उनका अनुसार कात्तिक महिनामा निकालेको मह १२ देखि १३ सय रुपैयाँ प्रतिकिलो का दरले बिक्री हुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी बंगलाचुली गाउँपालिका–२ मर्पेसका सुरज विश्वकर्माले पनि स्थानीय सेरेना जातको माहुरी पालन गर्दै आएका छन् । जङ्गलबाट घरमा ल्याएरका व्यावसायिक रूपमा पालन गर्दै आएका सुरजले राम्रो आम्दानी भइरहेको बताउँछन् । व्यावसायिक रूपमा पालन गर्ने माहुरीभन्दा स्थानीय जातको माहुरीको मह स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले बिक्रीमा समस्या नभएको उनी बताउँछन् । अहिले १६ घार माहुरी पाल्दै आएका उनले वर्षमा ६० देखि ७० केजीसम्म बिक्री गर्ने गरेको बताउँछन् ।

प्राकृतिक रूपमा माहुरीले उत्पादन गर्ने मह शुद्ध र पोषिलोसँगै चिनीको कुनै प्रयोग नहुने भएकाले उपभोक्ताले मह मन पराउने गरेको बताउँछन् । जङ्गलमा पाइने लोकल माहुरीको व्यावसायिक पालनलाई बढाउँदै लग्ने सोच रहेको भन्दै उनले भने, ‘लोकल माहुरीको महको माग बढी हुने भएकाले घार सङ्ख्या बढाउँदै लैजाने सोचमा छु ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

अन्य महको तुलनामा लोकल माहुरीको महको गुणस्तर राम्रो हुने भएकाले बिक्रीमा समस्या नभएको उनी बताउँछन् । महको आम्दानीबाट घरखर्च चलाउन सहज हुने भएपछि व्यवसायलाई विस्तार गदैै २५–३० घारसम्म पु¥याउने लक्ष्य रहेको बताउँछन् । जङ्गल क्षेत्रमा अरिङ्गाल र माउसुलीले माहुरी खाइदिने, बिच्काउने गर्दा पालनमा समस्या भएको बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad