दाङ, ६ कार्तिक । सल्यानमा भन्सार तथा कर छलि गरि ल्याएको १३ लाख भन्दा बढीको सामाग्री प्रहरीले बरामद गरेको छ । दाङ तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको रा १ त २३०२ नम्बरको मिनि ट्रक इलाका प्रहरी कार्यालय थारमारेले चेकजाँच गर्ने क्रममा भन्सार तथा कर छलि गरि ल्याएको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ५० किलो तौल भएको ५० बोरा बिल नभएको अवस्थामा फेला परेको छ । यस्तै शंकास्पद बिल भएका २५ किलो तौल भएको चामल १३५ बोरा चामल, १५४ बोरा सादा भुजा, १४५ पेटी खानेतेल, दुई सय किलो मैदा, १५ प्याकेट आटा, १ बोरा दाल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । यस्तै लाइफ व्याई साबुन १ कार्टुन, लक्स साबुन १ कार्टुन, न १ साबुन १ कार्टुन, सुजी ४० पाकेट, दालमोठ ४ बोरा नियन्त्रण लिएको उहाँको भनाई छ ।
भन्सार छलि गरि ल्याइएका सामान , ट्रक, र ट्रक चालकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।