झडपको संकेतपछि पोखरामा अनिश्चितकालीन निषेधाज्ञा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ४ कार्तिक । रवि लामिछाने पक्राउको विरोधमा झडप हुन सक्ने भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले विज्ञप्ति जारी गर्दै आइतबार पोखराको शहीद चोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेका हुन् । लामिछानेलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउनु अघि विरोध प्रदर्शन र झडप हुन सक्ने भएकोले प्रशासनले निषेधित क्षेत्र तोकेको हो ।

सहकारी पीडित र रास्वपाका समर्थकहरूले प्रदर्शन गरेपछि प्रशासनले निषेधित क्षेत्रको आदेश जारी गरेका हुन् । आइतबार पौने १२ बजेदेखि अर्को आदेश जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ जुलुस प्रदर्शन र विरोधका कार्यक्रम गर्न नपाउने उल्लेख छ ।  शहीद चोक र गैह्रपाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।​

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो । उनलाई आजै अदालत सामु उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

null

Blog Post Ad Blog Post Ad Blog Post Ad