दाङ, ४ कार्तिक । दाङको बंगलाचुली गाउँपालिकामा भएको स्व. खेतुलाल नेपाली (सुरज) प्रथम स्मृति कपको उपाधी बचेनी क्रिकेट क्लवले चुम्न सफल भएको छ । शनिबार भएको फाईनल खेलमा केएस क्रिकेट क्लवलाई ७ विक्रेटले पराजित गर्दै बचेनीले स्व. खेतुलाल नेपाली (सुरज) प्रथम स्मृति कपसहित नगद २० हजार जित्न सफल भएको हो । खराव मौसमको कारण ८ ओभरमा घटाइएको खेलमा टस हारेर पहिला ब्याटिङको गर्न आएको केएसले निर्धारित ८ ओभरमा ४ विकेटको क्षतीमा ४३ रन बनाउन सफल भएको थियो ।
समिर बुढाथोकीले २० बल खेल्दै १ चौकको मद्धतले १५ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले रन बनाउन सकेनन । ४४ रनको झिनो लक्ष्य लिएर मैदानमा आएको बचेनी टिमलाई ७ दशमलब ३ बलमा लक्ष्य भेटाउन सफल भएको हो । राष्ट्रिय खेलाडी समेत रहेको बचेनी टिम सुरुवाती ओभरमा दवाफमा रहेको थियो । सुरुवाती ५ ओभरमा मात्र २२ रन बनाउन सफल भएको थियो अन्तिम ३ ओभर केएस समालिन नसक्दा उपाधि चुम्न असफल भएको थियो।
उपविजेता बनेको क्रिकेट क्लवले नगद १० हजारसहित कप, मेडल प्राप्त गरेको हो । त्यसैगरी प्रधानमन्त्री कप समेत खेली सकेका बचेनी क्रिकेट क्लवका गोविन्द वि.क. म्यान अफ द सिरिज घोषित भएका छन भने बेष्ट ब्याट्सम्यान केएसमा समिर बुढाथोकी तथा बेष्ट बलर जुम्लेपानिका राजेन्द्र गिरी भए।
बंगलाचुलीका क्रिकेट खेलाडी समेत रहेका स्व। खेतुलाल नेपालीको जेष्ठ २० गते बंगलाचुलीमा मोटरसाइकल दुर्घटना परि मृत्यु भएको थियो । उक्त नेपालीको सम्झना काभ्रेली एकता समाजले आयोजना गरेको प्रतियोगितामा घोराही–१८ नवलपुरमा रहेको न्यु स्वर्गद्धारी फर्निचर उद्योगले प्रथम पुरस्कार, द्धितिय पुरस्कार घोराही–१५ भरतपुरमा रहेको ब्राईट फ्युचर प्राविधिक शिक्षालय एण्ड ब्राईट फ्युचर कम्प्युटर इन्स्टिच्युट, म्यान अफ द सिरिज न्यु सिद्दार्थ टांसपोर्ट बंगलाचुली, बेस्ट बलर इभर ग्रीन घोराही र बेस्ट ब्याटसम्यान आर्टी सप्लार्यसले सहयोग गरेको खेल आयोजक समितिको संयोजक बिक्रम डांगीले जानकारी दिए ।
साथै प्रतियोगितालाई सफल पार्न नेपाली कांग्रेसका महासमिति सदस्य किरणकिशोर घिमिरे, भोजराज पान्डे,बंगलाचुली-४ का अध्यक्ष डाँसबहादुर डाँगी, सदस्य दिपक परियार, नेपाल दलित संघका केन्द्रीय सदस्य तेजबहादुर बिक, समाजसेवी टेकबहादुर थापा, दुर्गा केसी’प्रविन केसी र देबेन्द्र गिरीले आर्थिक सहयोग गरेको समेत संयोजक डाँगीले बताए ।दुई दिनसम्म चलेको प्रतियोगिताको अम्पायर राष्ट्रिय अम्पायर सन्देश केसी र सनी कार्की तथा सहायक अम्पायरमा हिमाल महरा, विक्रम जिसी र टोपाराम अधिकारी रहेका थिए ।