दाङ, ४ कात्तिक । दाङमा कुवामा डुबेको अवस्थामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरी कुवामा डुबेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
चौधरी आज बिहान पौने ७ बजेतिर आफ्नै घरको कुवामा डुबेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा कुवामा डुबेको अबस्थामा फेला पारेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । त्यसपछि प्रहरीले शव निकालेको थियो ।
३० असोजमै घरबाट निस्केका चौधरी सम्पर्क विहीन रहेका थिए । प्रहरीका अनुसार चौधरीले मादक पदार्थ सेवन गर्ने गर्थे । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।