दाङ्गमा दशैंको अवधिमा ५ लाख बढी नगदसहित ४८ जना जुवाडे पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २ कार्तिक । दाङमा दशैँको अवधिमा ४८ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले गत असोज १६ देखि २७ गतेसम्मको अवधिमा ४८ जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ५ लाख बढी नगद बरामद पनि गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार १२ दिनको अवधिमा नगद ४८ जना जुवाडेबाट ५ लाख २७ हजार ६१० बरामद गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीले असोज १६ गते ७ जनालाई पक्राउ गर्दा नगद ५८ हजार ४५५, , १८ गते ८ जनालाई पक्राउ गर्दा नगद १ लाख ७२ हजार ५८५, २२ गते ५ जनालाई पक्राउ गर्दा ७० हजार ११० बरामद गरेको छ ।

यस्तै गरी २४ गते ८ जनालाई पक्राउ गर्दा १ लाख १३ हजार ४५५, दशैँको दिन २६ गते ११ जनालाई पक्राउ गर्दा ७९ हजार र २७ गते ९ जनालाई पक्राउ गर्दा ३४ हजार ५ रुपैँया बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जुवातास खेल्नु कानुन विपरित हुने भएपनि चाडपर्वमा रमाइलाको नाममा जुवातास खेल्ने प्रचलन बढ्दै गएको देखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad