सल्यानमा बागचौर प्रिमियर लिग क्रिकेट प्रतियोगिता-२०८१ हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २० असोज । सल्यानको बागचौर नगरपालिका २ थारमारेमा बागचौर प्रिमियर लिग क्रिकेट प्रतियोगिता २०८१ हुने भएको छ ।

युवा विद्यार्थी समाज बागचौर सल्यानको आयोजनामा सल्यानको थारमारेमा रहेको जनकल्यान नमूना माविको खेल मैदानमा उक्त क्रिकेट प्रतियोगिता हुने भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बागचौर नगरपालिका भित्र क्रिकेट खेलाडीहरुको सम्भाव्यता अध्ययन सँगै क्रिकेट खेलको विकास र विस्तारसँगै खेलाडीहरुलाई प्रोत्साहन गर्ने र क्रिकेट खेललाई सबै सामु चिनाउने उद्धेश्यले आगामी असोज २८ गतेदेखि असोज ३० गतेसम्म क्रिकेट प्रतियोगिता संचालन हुन लागेको बागचौर प्रिमियर लिगका संयोजक कमल खड्काले जानकारी दिनुभयो। क्रिकेट प्रतियोगितामा टेनिस बलले १५ ओभरको खेल खेलाइने र खेलमा एक्स्ट्रा खेलाडी सहित सम्बन्धित वडाको १५ जना खेलाडीहरु समावेश हुन पाइने उहाँले जानकारी दिनुभयो ।

उक्त क्रिकेट प्रतियोगितामा सहभागी भएर प्रथम हुने टिमलाई नगद ५० हजार रुपैयाँ र द्वितीय हुने टिमलाई ३० हजार रुपैयाँको पुरस्कार राखिएको उहाँले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

टिम दर्ताको समय असोज २७ गते बेलुका ५ बजेसम्म कायम गरिएको र बागचौर नगरपालिका अन्तर्गत सम्बन्धित वडाको टिम दर्ता शुल्क ६ हजार रुपैयाँ राखिएको आयोजकले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad