दाङमा गाउँको तोरीबाट गाउँमै तेल उत्पादन

Blog Post Ad Blog Post Ad Blog Post Ad

सहकारी संस्थाले सञ्चालनमा ल्याएको तेल मिल ।

गोकर्ण पौडेल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १९ असोज । तुलसीपुर उपमहानगरपालिका –११ मा रहेको उरहरी साना किसान कृषि सहकारी संस्थाले गाउँको तोरीबाट गाँउमै तेल उत्पादन सुरु गरेको छ ।

सहकारी संस्थाले  गाउँमा उत्पादन भएको तोरी किसानले बजारमा बिक्री गर्ने र बाहिरबाट आयात गरिएको तेल खरिद गर्नेक्रम बढेपछि गाँउमै तेल मिल सञ्चालनमा ल्याएको संस्थाका उपाध्यक्ष अर्जुन बस्नेतले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले  एक घण्टामा तीनसय केजी तोरी पेल्ने क्षमता रहेको तेल मिल ६ लाख ५० हजारको लागतमा सञ्चालनमा ल्याइएको बताउनुभयो । उपाध्यक्ष बस्नेतले सहकारी संस्थाका सदस्यलाई शुद्ध तेल प्रयोग गर्न र गाउँमै उत्पादन भएको तोरी सहकारी संस्थामा खरिद गरी  गाँउबाटै तेल बिक्री गरी वार्षिक ३५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले तुलसीपुर उपमहानगरपालिकालाई तोरीजोन क्षेत्रका रुपमा विकासगरी तोरी उत्पादनमा वृद्धि गर्नका लागि तोरीको बीउबिजनमा किसानलाई अनुदानको व्यवस्था गरिएको बताउनुभयो । उहाँले तोरी उत्पादनलाई वृद्धि गर्नका लागि पालिकाबाट सिँचाइ सुविधाको समेत व्यवस्था गरिएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावतले वडामा रहेका भूमिहीनलाई कृषिजन्य वस्तु उत्पादन गरे जग्गा प्रयोगबापतको रकम वडाबाटै भुक्तानीको व्यवस्था गरिएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले पालिकाभित्र तीन हजार हेक्टर क्षेत्रफलमा दुई हजार पाँचसय ५० मेट्रिक टन तोरी वार्षिकरुपमा उत्पादन हुने बताउनुभयो । उहाँले यस वर्ष अनुदानका लागि ४५ क्विन्टल तोरीको बीउ खरिद गरिएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad