सल्यानमा विद्यार्थीको अभावमा प्राविधिक धारका कक्षा बन्द हुँदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० असोज । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यता प्राप्त जिल्लाका दुई विद्यालयमा संचालित तीनवर्षे इन्जिनियरिङ, फरेस्ट्री र कृषि विषयको पठनपाठन बन्द भएको छ । विद्यार्थी नपाएपछि कुमाख गाउँपालिका–६ बडागाउँस्थित बुद्ध जनकल्याण माध्यमिक विद्यालय  र शारदा नगरपालिका–१ श्रीनगरस्थित शिवजन माविमा गत वर्षदेखि नै पठनपाठन बन्द भएको हो ।

बुद्ध जनकल्याण मावि बडागाउँमा २०७७ देखि सिभिल इन्जिनियर र शिवजन मावि शीतलपाटीमा २०७२ देखि कृषि र २०७५ मा फरेस्ट्री विषयको पढाइ सुरु गरिएको थियो । प्राविधिक शिक्षा पठनपाठनका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न दुई विद्यालयमा इन्जिनियरिङ, कृषि र वन विषयको पठनपाठन सुरु गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा एक दर्जनभन्दा बढी विद्यालयमा प्राविधिक धारअन्तर्गत कृषि, वन, इन्जिनियरिङ, पशु स्वास्थ्य विषयको पढाइ हुँदै आएको छ । एक दशकदेखि पठनपाठन सुचारु गरेका अन्य विद्यालयमा पनि विद्यार्थी संख्या घट्दै गएको छ । विद्यार्थी नपाउँदा प्राविधिक शिक्षा संचालनमा कठिनाइ भइरहेको विद्यालयहरूले जनाएका छन् ।

बुद्ध जनकल्याण मावि बडागाउँका प्रधानाध्यापक वीरबहादुर रावतका अनुसार तीनवर्षे सिभिल इन्जिनियरिङमा ४० जना विद्यार्थीको कोटामा २०७७ मा २६ जना भर्ना भएका थिए । २०७८ मा १८ जना मात्रै भर्ना भएका र परीक्षा दिने बेला १२ जनाले दिएका थिए । विद्यार्थी न्यून भएपछि सरकारले दिएको अनुदानले मात्र खर्च टार्न नसकिने भएपछि प्राविधिक कक्षाको पढाइ बन्द गरेको प्रअ रावतले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एसईई गरेपछि जिल्ला बाहिर जाने, वैदेशिक रोजगारीका लागि विदेश र अन्यत्र जाने गर्दा विद्यार्थी पाउन नसकेको उनले बताए । उनका अनुसार वैदेशिक रोजगारीमा गएकाहरूका परिवार सहरमुखी भएपछि अहिले अन्य कक्षामा समेत विद्यार्थी प्रत्येक वर्ष घट्दै गएको उनले बताए । बालविकास कक्षादेखि १२ सम्म संचालित विद्यालयमा ३ सय जनामात्र विद्यार्थी रहेको उनको भनाइ छ ।

विगतमा प्राविधिक शिक्षाप्रति चासो बढी भए पनि पछिल्लो समयमा जागिर नपाउने समस्या बढी देखिएको, बेरोजगारीको समस्याका कारण सबै युवा पुस्ता प्लस टू पास गर्ने बित्तिकै उच्च शिक्षा अध्ययनका लागि विदेश पलायन हुँदै आएका कारण विद्यार्थी नपाएर नै कृषि र वनसँग सम्बन्धित पठनपाठन गत वर्षदेखि बन्द भएको शिवजन मावि शीतलपाटीकी प्रअ जीवनीकुमारी रावतले बताइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तीनवर्षे कोर्षअन्तर्गत अघिल्लो वर्षका फरेस्ट्री (वन) तर्फका एक ब्याजका ८ जना, कृषितर्फ दुई ब्याजका २० जना विद्यार्थीले परीक्षा दिएर अभ्यास गर्दै आए पनि नयाँ भर्ना भने गत वर्षदेखि नै पूर्ण रूपमा रोकिएको उनले बताइन् । लगानी लगाएर खर्चसमेत उठाउन नसकिने देखिएपछि अभिभावकले पनि बालबालिकालाई प्राविधिक शिक्षा अध्ययनमा उत्साहित गर्न छाडेको उनको भनाइ छ ।

यता नेरामावि किमुचौर कपुरकोटका प्रअ दामोदर शर्माले विद्यालयमा १० वर्षअघि दुईवर्षे कृषि पठनपाठन सुरु गरे पनि सरकारले मान्यता नदिएपछि ८ वर्षअघि नै पठनपाठन गराउन छाडेको उनले बताए । अहिले प्राविधिक शिक्षा मात्र नभई अन्य विषयमा पनि विद्यार्थीको संख्या बर्सेनि घटिरहेको उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सीटीईभीटीबाट बाग्चौर नगरपालिकाको बालकन्या मावि कोटबारामा कृषि, सरस्वती माविमा सिभिल इन्जिनियर र शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त गरी जनकल्याण मावि थारमारेमा कृषि विषयमा प्राविधिक शिक्षा पठनपाठन भइरहेकामा बालकन्यामा तेस्रो वर्षका र सरस्वती माविमा पाँचौं सेमेस्टरका मात्र विद्यार्थी रहेको बाग्चौर नगरपालिका शिक्षा शाखा प्रमुख चित्रा बस्नेतले बताइन् । प्रथम र दोस्रो वर्षमा विद्यार्थी भर्ना नै नभएको उनले बताइन् । उनका अनुसार प्रत्येक वर्ष प्राविधिक शिक्षातर्फ चासो घट्दै गएकाले नै विद्यार्थी संख्या घटेको हो । विद्यार्थी भर्ना नभएका दुई विद्यालयमा आउने वर्षदेखि पठनपाठन बन्द हुने अवस्था देखिएको छ ।

ekantipur

Blog Post Ad Blog Post Ad Blog Post Ad