प्रथम सुनिल पुन स्मृति फुटबलको उपाधि घोराही-१७ लाई

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ९ असोज । प्रथम सुनिल पुन स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८१ को उपाधि घोराही १७ ले जितेको छ ।

बुधबार भएको फाईनल खेलमा आयोजक न्यु स्टार फुटबल एकेडेमी सेतोलाई १-० गोलले पराजित गर्दै घोराही-१७ ले उपाधि जितेको हो । असोज ३ गतेदेखि घोराही १० नारायणपुरस्थित विपि वाटिकाको खेलमैदानमा भएको प्रतियोगितामा पहिलो हाफमा भएको गोल नै निर्णायक बन्यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुवै टीमले गोल गर्ने थुप्रै मौका पाए पनि नतिजा निकाल्न सकेनन् । अन्नतः एक गोल नै निर्णायक बन्यो । योसँगै उपाधि जितेको घोराही १७ कोे टीमलाई नगद ६१ हजार १ सय ११ रुपैयाँ, शिल्ड मेडल, प्रमाण पत्र तथा उपविजेता न्यु स्टार फुटबल एकेडेमी सेतोलाई ३१ हजार १ सय ११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी, प्रतियोगितामा विधागत उत्कृष्ट हुने खेलाडीलाई पनि नगद पुरस्कृत गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतियोगिता संयोजक खुमबहादुर पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिएको हो ।

यसअघि उपाधिका लागि फाईनल प्रवेश गर्ने क्रममा पहिलो सेमिफाईनल खेलमा घोराही १७ ले हापुर युथ क्लवलाई टाईबे्रकरमा ४–२ गोलले पराजित गरेको थियो भने दोस्रो सेमिफाईनल खेलमा आयोजक न्यू स्टार फुटबल एकेडेमी सेतोले मेगा स्पोर्टस् क्लबलाई ३–१ गोल अन्तरले हराएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानीय खेलकुदको विकाससँगै युवाहरुलाई खेलमा आकर्षित गर्न न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरको व्यवस्थापनमा प्रतियोगिता भएको हो । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad