सुनिता बरालको चुम्बन काण्ड बाहिरियो

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ असोज । महेश बस्नेत र ऐन महरको यौनकाण्डको चर्चा सेलाउन नपाउँदै नेकपा एमालेका अर्का नेताको चुम्बनकाण्ड बाहिरिएको छ ।

सो पार्टीकी नेतृ तथा प्रतिनिधि सभामा सचेतक सुनिता बरालको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो । ‘बिनी डट कार्की जिरो’ टिकटक आइडीमा पोष्ट गरिएको फोटोमा उनी एक पुरुष (सम्भवत: प्रेमी) सँग चुम्बन र आलिंगनमा लिप्त रहेको देखिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

फोटोसँगै लेखिएको छ, ‘एमाले नेता सचेतक सुनिता बरालले दुई छोरीको बाउ भएको व्यक्तिसँग रोमान्स गर्दै, अन्तिम फोटोमा सप्रमाण छ । यस्तै हुन् यी गन्ध आएका पुराना पार्टी र ती पार्टीका नेता ।’

सत्ताधारी पार्टीकी नेतृलाई त्यसरी अंगालोमा बाँधेर चुम्बन गर्ने व्यक्ति जितेन्द्र जिसि हुन् । पत्रकारसमेत रहेका उनी हाल अमेरिकामा रहेको बुझिएको छ । अनेरास्ववियुकी पूर्वअध्यक्ष तथा एमाले केन्द्रीय सदस्यसमेत बराल भने अविवाहित हुन् । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको रोजाईमा समानुपातिक सांसद बनेकी उनी पुराना थुप्रै नेताहरुलाई जिल्याउँदै सचेतक चुनिएकी थिइन् । ओली नेतृत्वको सरकारमा उनी मन्त्री हुने चर्चासमेत थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आफूलाई वाम आन्दोलनको मूल धार दावी गर्ने एमालेमा पछिल्लो समय केन्द्रीय तहका नेताहरु एकपछि अर्को यस्ता प्रकरणमा मुछिन थालेपछि पछिल्लो पोलिटब्यूरो बैठकमा अध्यक्ष ओलीले ‘राजनीति गर्ने भए इमान्दार भएर लाग्नु, मोजमस्ती गर्ने भए पार्टी छोडेर जानु’ भन्दै कडा चेतावनी दिनुभएको थियो ।
जनआस्थाबाट

Blog Post Ad Blog Post Ad Blog Post Ad