रोल्पाको एक घरमा आगलागी, ४ लाख नगदसहित ६ लाख २० हजार बराबरको क्षति

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ४ असोज । रोल्पास्थित थबाङ गाउँपालिकाको एक घरमा आगलागी भएको छ । आगलागीबाट थबाङ गाउँपालिका ४ चौत्रावाङका पूर्णबहादुर रोका मगर घरमा ४ लाख नगदसहित ६ लाख २० हजार बराबरको क्षति भएको छ ।

नगद नोटको आधा भाग जलेको र गोठमा रहेका अन्य भेडाको उन, कपडा, सोलर प्यानल, अन्नपात सहित ६ लाख २० हजार बराबरको क्षति भएको रोल्पा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशवराज वराकोटीले जानकारी दिनुभयो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घटना बुधवार दिउँसो साढे १ बजे को समयमा भएको थियो। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । ढुङ्गा र माटोले बनेको खरले खाएको गोठमा आगलागी हुँदा ठुलो क्षति पुगेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad