राप्तीसोनारीमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३ असोज । बाँकेको राप्तीसोनारीको लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

बुधबार अपराह्न साढे ४ बजे गाउँपालिकाको वडा नम्बर ७ स्थित हुलाकी सडकखण्ड अन्तर्गत लालपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीका अनुसार भे १२ प ३९९५ र भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै मोटरसाइकल चालकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार राप्तीसोनारी ४ घर भएका भे १२ प ३१९५ का ३५ वर्षीय चालक रामशरण थारुको साँझ पौने ६ मृत्यु भएको हो भने सोही गाउँपालिकाको वडा नम्बर ३ खैरेनीका भे १२ प ४८२८ नम्बरका चालक १८ वर्षीय बसन्त थारुको सवा ६ बजे मृत्यु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडि सवार बर्दिया राजापुर ४ घर भई हाल राप्तीसिनारी ४ धामपुर बस्ने ३१ वर्षीय अजय दहित घाइते भएका छन् ।

उनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको छ भने भे १२ प ४८२८ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी ३ खैरेनीका १६ वर्षीय संगीत थारु र वडा नम्बर ३ खैरेनीकै २१ वर्षीय संजय थारु घाइते भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरुको पनि नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad