दाङ देउखुरी होटल व्यवसायीद्वारा वडा प्रहरी प्रमुखलाई स्वागत


दाङ्ग, २ असोज । दाङ देउखुरी होटल व्यवसायी समितीले वडा प्रहरी प्रमुखलाई स्वागत कार्यक्रम तथा नियमित बैठक सम्पन्न गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समितीका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता एक औपचारिक कार्यक्रम गरी बर्दियाको ईलाका प्रहरी कार्यालयबाट सरुवा भएर वडा प्रहरी कार्यालय घोराहीको प्रमुखका रुपमा दाङ आउनुभएका प्रहरी निरिक्षक सुरज सिंहलाई स्वागत गरिएको हो ।

यसका साथै वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरिक्षक जितबहादुर चौधरी र अर्बिन कडेललाई स्वागत गरिएको समितिका वरिष्ठ उपाध्यक्ष ईश्वर बुढाले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुरज सिंहले शान्ति सुरक्षा कायम गर्ने प्रहरीको जिम्मेवारीलाई पुरा गर्न सरोकार वाला सबैको साथ सहयोग आवश्यक रहने उहाँले बतउनुभयो । कार्यक्रमको सहजिकरण समितीका महासचिव टिकाराम भुषालले गर्नुभएको थियो ।

यसैविच स्वागत कार्यक्रम पनि समितीले आफ्नो नियमित बैठक सम्पन्न गरेको छ । वैठकले सम्पुणर् होटल व्यवसायीलाई समितीमा आफ्नो व्यवसाय दर्ता तथा नविकरण गर्न आग्रह गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आमागी असोज मसान्त सम्म नविकरण नगर्ने व्यवसायीहरुलाई आउदो अधिवेशनमा सहभागि नगराईने निणर्य भएको समितीका अध्यक्ष पुनले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad