संविधान दिवसको अवसरमा दाङलगायत १२ जिल्लामा ल्याब परीक्षण र आकस्मिक टिकट नि:शुल्क

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २ असोज । संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले जिल्ला अस्पतालहरूमा प्रयोगशाला परीक्षण र आकस्मिक टिकट नि:शुल्क गरेको छ।

विशेष कार्यक्रम गरी मनाउन थालिएको संविधान दिवसको अवसर पारेर बिहीबार प्रदेशका १२ वटै जिल्लाका सरकारी अस्पतालहरूमा बिरामीहरूको प्रयोगशाला परीक्षण र आकस्मिक टिकट निःशुल्क गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संघीय सरकारले गरेको निर्देशन अनुसार लुम्बिनी प्रदेश सरकारले पनि बुधवारदेखि शुक्रबारसम्म विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाउँदै छ।

दिवसको अवसरमा बुधबार प्रदेशस्थित सबै सरकारी कार्यालयहरूलाई राष्ट्रिय झण्डा फहराउन र कार्यालय परिसरमा सरसफाइ गर्न निर्देशन दिएको छ। दिवसको मुख्य दिन बिहीबार प्रदेशको राजधानी देउखुरीमा साँस्कृतिक झाँकीसहित प्रभातफेरी गरी मूल समारोह गर्ने कार्यक्रम तय गरिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै, रक्तदान, संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती विषयमा विज्ञहरूसँग छलफल गरिँदै छ। दिवसको अवसरमा शुक्रबार वृक्षरोपण गरिने बताइएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad