बाँके : तीन दिनपछि बालिकाको शव फेला

Blog Post Ad Blog Post Ad Blog Post Ad

बाँके, १ असोज । गत आइतबार रातिदेखि बेपत्ता भएकी खजुरा–६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव ३ दिनपछि फेला परेको छ । बालिकाको मंगलबार बिहान घर नजिकै रहेको जङ्गलमा शरीरका केही अंगमात्र बाँकी रहेको अवस्थाको शव फेला परेको प्रहरीले जनाएको छ ।

घरको आँगनमा खेल्ने क्रमममा वेपत्ता भएकी बालिका खोजतलासका क्रममा घर नजिकैको जङ्गलबाट मंगलबार बिहान करिव ११ बजे बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मृतक बालिकाको शव घरदेखि करिब १ किलोमिटर पश्चिमतर्फको जङ्गलमा जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा खुट्टा फेला परेको प्रहरी निरीक्षक बुढामगरले जानकारी दिए ।

‘गत आइतबार साँंझदेखि बेपत्ता बालिकाको खोजतलासका क्रममा आज बिहान करिब ११ बजेको समयमा शव फेला परेको छ, उनको शरीरको अन्य भाग भने जङ्गली जनावरले खाइसकेको अवस्था रहेछ, टाउको र दाहिने खुट्टा फेला परेको छ’– प्रहरी निरीक्षक बुढामगरले भने,–‘बाघले खायो कि चितुवाले खायो त्यो भने अझै खुलेको छैन, तर कुनै जङ्गली जनावरले खाएको हो ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

मृतक बालिका आइतबार राति करिब ८ बजेको समयमा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा एकाएक बेपत्ता भएकी थिइन् । उनलाई बाघले लगेको हुन सक्ने आशङ्का गरिएको थियो ।

आइतबार रातिदेखि नै प्रहरी, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालयको टोली, पालिकाका जनप्रतिनिधि, बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक टोली साथै स्थानीयवासीहरु बालिकाको खोजतलासमा लगातार जुटेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad