तुलसीपुरमा गाडी कोल्टे पर्ने गरि यात्रु राखेपछि…

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १५ भदौ । तुलसीपुरमा क्षमता भन्दा धेरै यात्रु राखेपछि युवाहरुले गाडी रोकेर यात्रुहरु झारेका छन् । गल्लीमा नअटाएर बाहिर झुण्डिएर यात्रु गरिरहेको देखेपछि तुलसीपुरमा केही युवाहरुले गाडी राखेर यात्रुहरु झारेका हुन् । तुलसीपुरबाट घोराही जाँदै गरेको गाडीमा एक सयको हाराहारीमा यात्रुहरु राखेका थिए । क्षमता भन्दा बढि यात्रु भएकै कारण गाडी कोल्टे परेको थियो ।

त्यो देखेर यात्रुहरुलाई झारिएको विजय गिरीले बताए ।‘धेरै यात्रु थिए, गाडी समेत कोल्टे परेको थियो’,उनले भने‘त्यही भएर हामीले यात्रुहरुलाई झारेर अरु गाडीमा राखेका हौं ।’ घोराही रोडमा उक्त गाडीलाई रोकेर यात्रु झारिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसरी यात्रुहरु धेरै राख्दा दुर्घटनाको उच्च जोखिम रहने गरेको भन्दै क्षमता भन्दा बढि राखेको देखेर आफूहरुले खबरदारी गरेको उनले बताए । साँझ साढे ६ बजेतिर यात्रुहरु राखेर रा १ ख ३२९१ नम्बरको गाडी घोराही तर्फ जाँदै थियो ।

घोराही जाने अन्तिम गाडी भएकाले यसरी धेरै यात्रु राखिएको गाडी स्टाफले प्रतिक्रिया दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad