सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु

सल्यान, ११ भदौ । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको सोमबार दिउँसो चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँ कालिदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक रहेको वडाध्यक्ष रविलाल बस्नेतले बताउनु भयो । सार्वजनिक विदाको दिन घर नजिकै गोठालो जानु भएका कार्कीलाई चट्याङले लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad