तुलसीपुरमा बेवारिसे अवस्थामा एक बालिका फेला

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० भदौ । दाङको तुलसीपुरमा बेवारिसे अवस्थामा एक बालिका फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर–५ को बाहिनि नजिकै अन्दाजी ३ वर्षीया बालिका भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

बालिका खासै बोल्न नसक्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । अहिले बालिका प्रहरीको साथमा रहेको भन्दै प्रहरी निरीक्षक थापाले बालिकालाई चिन्ने जो कोहीले पनि इलाका प्रहरी कार्यालय तुलसीपुरमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad