घोराहीमा चौथो बास्केट बल प्रतियोगिता हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० भदाै । घोराहीमा अन्तरविद्यालय स्तरिय बास्केटबल प्रतियोगीता हुने भएको छ । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भदौ १७ गतेदेखि २० गतेसम्म चौथो बास्केटबल प्रतियोगीता हुनेभएको हो ।

बास्केटबल खेलको विकास गर्दै विद्यार्थीहरुको उत्साहलाई बढवा दिने र उनीहरुको क्षमता प्रदर्शनको लागि उत्कृष्ट अवसर प्रदान गर्ने उद्धेश्यका साथ प्रतियोगीताको आयोजना गरिएको खेलसंयोजक भुगाेल कवर मगरले बताउनुभयो ।
गुरुकुल एकेडेमीले बिगत ४ बर्ष देखि बास्केटबल प्रतियाेगिता

Blog Post Ad Blog Post Ad Blog Post Ad

आएकाे हुँदा ओझेलमा परेकाे बास्केटबल खेललाई घाेराही उपमहानगरले समेत बढवा दिदै नगर स्तरिय बास्केटबल प्रतियाेगिताकाे आयाेजना गरिएकाे थियाे ।

यस्तै अन्य विद्यालयले पनि यसरी बास्केटबल प्रतियाेगिता गर्दै जाने हाे भने माेफसलबाट पनि राष्ट्रिय स्तरका बास्केटबल खेलाडि उत्पादन गर्न सकिने प्रतियाेगिताका संयाेजक कँवरले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराहीमा हुने उक्त प्रतियोगीतामा जिल्लाभित्रका मावि तहका विद्यालयहरुका लागीे भदौ १५ गतेसम्म समुह दर्ताको समय ताेकिएकाे  उहाँको भनाई छ ।

प्रतियोगीतामा सहभागी भएर पहलाे ,दाेस्राे र तेस्राे स्थान हाँसिल गर्ने टिमले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै प्रतियोगीता सहभागी उत्कृष्ट र राईजिङ खेलाडीलाई पनि ट्रफि, र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आयोजक संस्था गुरुकुल एकेडेमीले वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष बास्केटबल प्रतियोगिता आयोजना गर्दैै आएकाे छ ।

गत बर्ष ७ वटा समुहलाई प्रतियाेगितामा समावेश गरिएकाेमा यस पटक १० वटा समुहलाई समेटेर प्रतियाेगिता संचालन गरिने आयाेजकले बताएकाे छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad