सरकारले लगानीकाे वातावरण निर्माण गर्छ, ढुक्क भएर लगानी गर्नुहाेस: मुख्यमन्त्री आचार्य

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशकाे आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासकाे लागि सरकारले लगानीकाे वातावरण निर्माण गर्ने बताउनु भएको छ । एनआरएन एनसीसी अमिरिकाले आयाेजना गरेकाे भर्चुअल कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशकाे विकासकाे आधार, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र रहेकाे बताउदै स्वदेशी तथा विदेशी दातृ निकायहरुलाइ ढुक्क भएर लगानी गर्न आग्रह गर्नु भएको हाे ।`सरकारले लगानीकाे वातावरण बनाउछ ।

यहाँहरुले ढुक्क भएर कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ लगायतका क्षेत्रकाे विकासकाे लागि लगानी गर्न सक्नुहुन्छ´उहाँले भन्नुभयाे-`लुम्बिनी प्रदेश पर्यटनकाे दृष्टिकोणले उर्वर र महत्त्वपूर्ण छ । लुम्बिनी सर्किट संगै यहाँकाे हिमाल, पहाड, तराई अनि राष्ट्रिय निकुञ्जले पर्यटकहरुलाइ आकर्षित गर्दछ । यहाँकाे समग्र प्रचारप्रसारकाे लागि कार्यक्रम बनाउछाैं ।´ गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न संघीय सरकार संग पहल गरिएको र त्यसकाे नतिजा केही दिन भित्र प्राप्त हुने जानकारी दिनुभयाे ।`संघिय सरकार संग लुम्बिनीकाे विमानस्थलबाट उडान सुरु गर्ने बारेमा सकारात्मक पहल भएको छ ।याउन सकिन्छ´उहाँले भन्नुभयाे-`पर्यटनलाई हरेक क्षेत्र संग जाेड्न सकिन्छ । यसमा सरकारले ध्यान दिन्छ ।´ लम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्याैपानेले प्रदेशका धार्मिक, सांस्कृतिक तथा ऐतिहाँसिक स्थलहरुकाे भरपुर मात्रामा प्रचारप्रसार हुन नसकेकाे, वर्तमान सरकारले प्रचारप्रसारकाे माेडेलमा परिवर्तन गरेर विश्व सामु पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लुम्बिनीका पर्यटकीय गन्तव्य स्थलकाे प्रचारप्रसारकाे कमि छ । विश्व बजारमा यसकाे प्रचारप्रसारलाई व्यापक बनाउन जरुरी छ´उहाँले भन्नुभयाे-` पर्यटनलाई उद्योगकाे रुपमा विकास गर्न जरुरी छ । १२ जिल्लामा घुम्नका लागि पर्यटनलाई आकर्षित गर्न जरुरी छ । धेरै दिन अडिन सक्ने वातावरण निर्माण गर्नुपर्नेछ ।´लुम्बिनीकाे समग्र पर्यटकीय सर्किटलाई पर्यटक माझ पुर्याउने वारेमा सरकारले याेजना बनाउने वताउनु भयाे । देवदह नगरपालिकाका प्रमुख ध्रुबप्रसाद खरेलले लुम्बिनी सर्किटलाई विश्व बजारमा प्रचारप्रसार गर्न नसकिएकाे बताउनु भएको छ ।`देवदह सांस्कृतिक र सम्पदाकाे हिसाबले महत्त्वपूर्ण हाे । तर, यसलाई विश्व बजारमा चिनाउन सकेका छैनौं ।

सांस्कृतिक र ऐतिहाँसिक रुपमा महत्त्वपूर्ण छ । नेपाल सरकारले ध्यान दिएन । देवदह नगरपालिकाले खयर डाँडाकाे उत्खनन गरेका छाै । इनार भेटिएको छ । भवनका भगनावेश भेटिएका छन´उहाँले भन्नुभयाे-`यहाँ देवदह छ । तर, यसकाे विकास हुन सकेकाे छैन । राेहिनि नदि छ । नदिकाे बारेमा संरक्षणमा साेच्न सकिएकाे छैन । यसलाई पर्यटन नगरकाे रुपमा विकास गर्न चाहन्छाैं । लगानीकाे खाँचाे छ ।´ सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले लुम्बिनीलाई पर्यटकिय हवकाे रुपमा विकास गर्न धेरै सम्भावना रहेकाे र त्यसका लागि तीन तहका सरकारकाे विचमा सहकार्य हुनुपर्ने बताउनु भयाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लुम्बिनीकाे माटाे, पानी विश्व भर प्रसादकाे रुपमा जान सक्छ । लुम्बिनीकाे हावा, पानी, जातिय, सांस्कृतिक, धार्मिक विविधता बरदान हाे´उहाँले भन्नुभयाे-`आर्थिक, सामाजिक रुपान्तरणकाे लागि पर्यटनलाइ प्राथमिकता राख्नुपर्छ ।´ बुद्ध परिपथ क्षेत्रकाे विकास बाट समग्र लुम्बिनीकाे विकास गर्न सकिने आधार रहेकाे स्पष्ट पार्नु भयाे । लुम्बिनी भ्रमणमा आउने पर्यटककाे बसाइँ लम्ब्याउनेगरी सरकारी र निजि क्षेत्रबाट याेजना बनाउनुपर्ने, लुम्बिनी चक्रपथ र धार्मिक चक्रपथलाई संगै लग्नुपर्ने बारेमा निजि क्षेत्र सहकार्य गर्न तयार रहेकाे सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताउनु भयाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad