जडिबुटी र खसीबोका बन्यो सल्यानका किसानलाई बरदान

Blog Post Ad Blog Post Ad Blog Post Ad

शंकर केसी

सल्यान, ६ भदौ । सल्यानका किसानले पशुपालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । ताजा र वेमौसमी तरकारी, सुन्तला, अदुवा विक्री गर्दै आएका यहांका किसान पछिल्लो समय बाख्रापालनतर्फ आकर्षित भएका हुन् । चरण क्षेत्रको उपलब्धता, उचित हावापानी भएका कारण सल्यानमा बाख्रापालन व्यवसाय फस्टाउदै गएको छ । एक बर्षको अवधिमा मात्र सल्यानबाट ७२ करोड बढिको खसी बोका निकासी भएको छ । जिल्लाबाट ठूलो परिमाणमा जडिबुटी समेत निर्यात हुनेगरेको छ । खसी बोका र जडिबुटी बिक्रिबाट जिल्लामा बर्सेनि करोडौं रूपैयाँ भित्रने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाबाट ७२ करोड ६० लाख रूपैयाँको खसी बोका निकासी भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । सल्यानको खसी बोका काठमाडौँ, पोखरा, धनगढी लगायतका प्रमुख सहरमा बढी माग हुने गरेको छ । सल्यानको खसी बोका भनेपछि अन्य जिल्लाको तुलनामा व्यापारीले बढी मूल्य हाल्ने गरेको पाइएको छ । जङ्गलमा घाँस सँगसँगै जडीबुटी पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीले सल्यानको खसी बोकामा अन्य जिल्लाको तुलनामा बढी मूल्य हाल्ने गरेका हुन् ।

दर्ता भएका विभिन्न कम्पनीबाट ५९ करोड ६० लाखको खसी बोका निकासी भएको र दर्ता नभएका स्थानीय व्यापारीहरू मार्फत अन्दाजी १३ करोड बराबरको खसी बोका निकासी भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जनाए । कार्यालयसँग कपुरकोट नाकाबाट निकासी हुने खसीको मात्र विवरण रहने तर कालीमाटी र बनगाड कुपिण्डेको नाकाबाट पनि निकासी हुने हुँदा त्यहाको विवरण हुदैन । सल्यानबाट अघिल्लो आ.व. २०७९/०८० मा ५९ करोड ५३ लाखको खसी बोका निकासी भएको थियो । जिल्लामा हाल किसानले पालेको बाख्राको संख्या ५ लाख ६ हजार ६ सय भन्दा बढी रहेको कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैविच जडिबुटी खेतिका लागि समेत परिचित सल्यानले एक बर्षको अवधिमा एक लाख किलो भन्दा बढीको जडिबुटी निकासी गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका विभिन्न राष्ट्रिय वनबाट संकलन गरिएका १० प्रजातिका १ लाख ८ हजार ७ सय ८३ किलो जडिबुटी निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाबाट ४० हजार किलो तेजपात, ८ हजार किलो लेक पांग्रा, ४ हजार ४ किलो चुत्राको बोक्रा, ४ हजार २ सय किलो पाखनवेद, ४४ हजार किलो झ्याउ, २ हजार ८ सय ३३ किलो काउलोको बोक्रा, १ हजार ६ सय ५० किलो दालचिनी बोक्रा, २ सय किलो गोकुल धुप, ३ हजार किलो रिठ्ठा र ३ हजार किलो विषफेज निकासी भएको डिभिजन वन कार्यालय सल्यानका देवीराम सुवेदीले जानकारी दिए । १ लाख किलो बढी जडिबुटी निकासी हुँदा राजस्व मात्र २५ लाख ६७ हजार ३ सय ९० रूपैयाँ संकलन भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad