सामाजिक संजालमा गाली गरेको भन्दै शिक्षकमाथि साइबर ब्युरोमा उजुरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ४ भदौ । दाङमा सामाजिक संजालमा गाली गलौच गरेको भन्दै एक शिक्षकलाई साइबर ब्युरोमा उजुरी परेको छ । राजपुर गाउँपालिकाले माध्यामिक विद्यालय सिक्टामा राहत शिक्षकका रुपमा कार्यरत विष्णु खत्रीलाई आवश्यक  कारवाहीको माग गर्दै साइबर ब्यूरोमा उजुरी गरेको हो ।

सामाजिक संजालमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखलाई गाली गलौच तथा तथानाम शब्दहरु प्रयोग गरि मानहानी गरेको भन्दै गाउँपालिकाले प्रहरी समक्ष कारवाहीको लागि अनुरोध गरेको पालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिक्षक जस्तो मर्यादित पदमा रहेका व्यक्तिले यसरी गालि गलौच गर्दै सामाजिक संजालमा विवाद गर्नु सार्वजनिक पदको दुरुपयोग हुने भन्दै खत्रीलाई साइबर अपराध अन्तर्गतको कारवाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका हौँ”-अध्यक्ष बुढाथोकीले भने  । साथै शिक्षक खत्रीले सामाजिक संजालमा लेखेका सबै प्रमाणहरु पनि प्रहरीलाई पठाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad