लमही–कोइलाबास सडक : बजार क्षेत्रमा सडक विस्तार गरिने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २ भदौ । लमही–कोइलाबास हुलाकी सडक अन्तर्गत लमही बजार क्षेत्रमा सडक विस्तार गरिने भएको छ । लमही–कोइलाबास सडक अन्तर्गत अन्य क्षेत्रमा सडक विस्तार गरिए पनि बजार क्षेत्रमा भौतिक संरचनाका कारण सडक विस्तार हुन सकेको थिएन ।

हुलाकी सडक विस्तार गर्दा स्थानीयले जग्गाको मुआब्जा लिए पनि भौतिक संरचनाको मुआब्जा नपाएको भन्दै विरोध गरेपछि लामो समयदेखि बजार क्षेत्रमा सडक विस्तार हुन सकेको थिएन । अहिले लमही–कोइलाबास हुलाकी सडक क्षेत्रमा पर्ने संरचना हटाउन पहल सुरु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हुलाकी सडक अन्तर्गत लमही नगरपालिका क्षेत्रभित्र पर्ने सडक क्षेत्रको दायाँबायाँ १५÷१५ मिटर गरी ३० मिटर खाली गराउन पहल सुरु भएको हो । बजार क्षेत्रमा अधिकांश घर सडक क्षेत्रभित्र पर्ने गरेका छन् । सडक सीमाभित्र भएका संरचना हटाएर सडकलाई फराकिलो बनाउने काम हुने छ ।

बजार क्षेत्रमा सडक विस्तारका लागि सडकभित्र पर्ने संरचना हटाउने काम सुरु भएको लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही नगरपालिकामा हुलाकी सडक सीमा केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५÷१५ मिटर गरी जम्मा ३० मिटरभित्र रहेका संरचना अविलम्ब हटाउन ३५ दिने सार्वजनिक सूचना सडक डिभिजन कार्यालय दाङले साउनको २९ गते निकालेको थियो ।

सडक डिभिजन कार्यालय दाङले सार्वजनिक सूचना निकालेर सडक क्षेत्र खाली गराउने काम अघि बढाएको कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad