धारापानी मन्दिरमा श्रृंगारिक महायज्ञ समापन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २ भदौ । दाङको धारापानी मन्दिरमा साउन महिनाभर सञ्चालन भएको शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृंगारिक महाआरती सम्पन्न भएको छ ।

पाण्डवेश्वर महादेव मन्दिरको प्रचारप्रसार तथा धार्मिक जागरणका लागि साउन २ गतेदेखि आयोजित महायज्ञ ३२ गतेसम्म सञ्चालन गरिएको थियो । महाआरती सफलतापूर्वक सम्पन्न भएको भन्दै मन्दिर व्यवस्थापन समितिले धन्यवाद दिएको छ । समितिका अध्यक्ष गणेशकुमार अधिकारी र सचिव विष्णुराम आचार्यले शनिबार विज्ञप्ति जारी गरी पाण्डवेश्वर महादेव मन्दिरको प्रचारप्रसार, विकास तथा धार्मिक जागरणका लागि आयोजित श्रृंगारिक महायज्ञ तथा महाआरतीमा गंगा आरति, सवा करोड दीप प्रज्वलन, भजनकीर्तन तथा अन्य धार्मिक कार्य गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विज्ञप्तिमा महायज्ञ सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद दिइएको छ । सबै दाताहरू, भक्तजन, प्रहरी प्रशासन, विभिन्न सरकारी तथा सामाजिक संघसंस्था, उद्योगी व्यवसायी, पत्रकार, राजनीतिक दल, धार्मिक संस्थाहरू, नागरिक समाज, पण्डित कोमल उपाध्यायलगायत उहाँको टिम, कलाकार, मूल आयोजक तथा विभिन्न उपसमितिको साथ र सहयोगमा महायज्ञ तथा महाआरती सफल भएको समितिले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad