दाङमा सर्पको टोकाइबाट एक बालक घाइते

दाङ, ३२ साउन । दाङमा सर्पको टोकाइबाट एक बालक घाइते भएका छन् । प्रहरीका अनुसार तुलसीपुर- १७ बेलझुण्डीका हेमा घर्तिका छोरा १२ वर्षीय अग्नी घर्ति घाइते हुनुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज शुक्रबार बिहान ९ बजेतिर घर्तीलाई घरमा सुतिरहेको अवस्थामा नाम नखुलेको सर्पले टाउकोमा डसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सर्पले डसेर गम्भीर घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad